पहिलो बोली
स्याङ्जा । नेकपा (एमाले) स्याङ्जा जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ६ जना नेताहरू उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
सिफारिस सूचीमा राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका क. पिताम्बर खनाल (सुशील) युवामाझ लोकप्रिय र प्रभावशाली नेताका रूपमा विशेष रूपमा चर्चामा रहनुभएको छ।
सिफारिस गरिएका नेताहरूमा क. सीमा कुमारी क्षेत्री, क. कुमारी टेकु नेपाली, क. नारायण प्रसाद मरासिनी, क. मीन प्रसाद गुरुङ, क. पिताम्बर खनाल (सुशील) र क. ईश्वरी सिग्देल अर्याल रहनुभएको छ।
कार्यक्रममा सम्बोधन गर्दै क. पिताम्बर खनालले वर्तमान राजनीतिक परिस्थितिमा युवाको सशक्त उपस्थिति अपरिहार्य रहेको बताउनुभयो। “राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको अध्यक्षको हैसियतले मैले युवाहरूको भावना, समस्या र अपेक्षालाई नजिकबाट बुझेको छु,” उहाँले भन्नुभयो, “आजको आवश्यकता युवाहरूको वास्तविक प्रतिनिधित्व गर्ने नेतृत्व हो।”
युवामाझ लोकप्रियता, संगठनात्मक क्षमता र स्पष्ट वैचारिक धारका कारण क. खनाललाई स्याङ्जा क्षेत्र नं. १ मा भावी नेतृत्वको बलियो विकल्पका रूपमा हेरिएको छ। स्थानीय तहदेखि प्रदेशस्तरसम्म सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका उहाँले विकास, रोजगारी र सुशासनलाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्दै आउनुभएको छ।
कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले युवाको प्रतिनिधित्व गर्न सक्ने सक्षम र ऊर्जाशील उम्मेदवारको रूपमा क. पिताम्बर खनाललाई अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
नेकपा (एमाले) स्याङ्जा जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ बाट उमेदवार सिफारिस हुनुभएका कमरेडहरु
१) क. सीमा कुमारी क्षेत्री
२) क. कुमारी टेकु नेपाली
३) क. नारायण प्रसाद मरासिनी
४) क. मीन प्रसाद गुरुङ
५) क. पिताम्बर खनाल (सुशील)
६) क. ईश्वरी सिग्देल अर्याल

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |