पहिलो बोली
राष्ट्रिय युवा संघ नेपाल को केन्द्रीय महाधिवेशन को मिति नजिकिँदै गर्दा तयारी सुरु गरेको छ । युवा महोत्सव भब्य बनायर रेकड ब्रेक गरेको संघले आजै गण्डकी भुगोलका केन्द्रीय सदस्य तथा गण्डकी पदाधिकारी बिच बैठक सम्पन्न भयको छ ।। अधिबेशन यही जेठ ९ देखि ११ सम्म गण्डकी प्रदेशको सुन्दर नगरी पोखरामा गर्ने निर्णय यस भन्दा अगाडि नै गरेको थियो । यसैगरी महाधिवेशन को लोगो आजै सार्वजनिक गरियको छ लोगो सार्वजनिक गर्दै संगठनका महासचिव सुमन पुरी ले तोकिएकै समयमा अधिबेशन हुन्छ संगठनले गतिविधि थालिसकेको छ भन्दै बिस्वास दिलाउनु भयको थियोे । छलफलमा संगठनका गण्डकी प्रदेश अध्यक्ष पिताम्बर खनालले भौगोलिक बस्तुगत राय राख्नु भयको थियो । संगठनका ईन्चार्ज राजिव पहारीले छलफलमा उपस्थित कमरेडहरु लाई छलफलका बिषयबस्तु सहित निर्देशित गर्नुभयको थियो । अनौपचारिक छलफलमा संगठनका अध्यक्ष क्षितिज थेबेले उठेका बिषयबस्तु सहित महाधिवेशन लक्षित कार्ययोजनामा लाग्न निर्देशन दिनुभयको थियो ।।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |