• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    १ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    ३ हफ्ता अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    १ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

  • २०७७ माघ १८, आईतबार (३ हफ्ता अघि)
  • ८३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Sunday January 31, 2021 (4 weeks ago)
  • 841 Views
  • Reading time 1 minute

  • नेपालगञ्ज, माघ १८ गते । शित लहर र हुस्सुका कारण चिसो अत्याधिक बढेपछि नेपालगञ्जका सबै विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । शितलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि बालबालिकालाई प्रभाव पर्ने हुँदा सोमवारदेखि बुधवारसम्म तीन दिनका लागि विद्यालय बन्द गर्ने नेपालगञ्ज उपमहानगरको शिक्षा शाखाले निर्णय गरेको छ ।

    नेपालगञ्ज उपमहानगरको शिक्षा शाखाका प्रमुख गोरख बहादुर थापाले सो बारेको पत्र उपमहानगरपालिकाका सबै निजी, सरकारी विद्यालय र मदरसाहरुलाई पठाई सकेको बताउनुभयो । उहाँले बुधवारसम्म पनि मौसममा सुधार नआए शुक्रवारसम्म विद्यालय बन्द गर्न विद्यालयहरुलाई निर्देशन दिईएको जनाउनु भयो ।

    जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय राँझाका अनुसार गत केहीदिनदेखि निरन्तर नेपालगञ्जको तापक्रम घट्दै गएको छ । आइतवार नेपालगञ्जको तापक्रम अधिकतम १७ दशमलव ७ सेल्सियस र न्युनतम ५ सेल्सियस डिग्रीसम्म पुगेको सो कार्यालयले जनाएको छ ।

    चिसोका कारण जनजीवन अत्याधिक प्रभावित बनेको छ । शित लहर चलेर चिसो बढेपछि बजारमा मानिसको आवागमन घटेको हो । शितलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरहरु प्रभावित भएका छन् । बालबालिका र बृद्धबृद्धाहरुलाई पनि यसले प्रभाव पारेको छ ।
    शितलहर, कुहिरो र भिजीविलिटी कम भएका कारण केहीदिन यता नेपालगञ्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् ।

    पहाडी जिल्लाहरु हुम्ला, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लाका लागि विहान हुने हवाई उडानहरु मध्ये अधिकांश रद्द हुँदै आएको र केहीमा ढिलाई हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । सोही प्रकारले संघीय राजधानी काठमाण्डौका लागि विहान र बेलुका हुने हवाई उडान पनि प्रभावित भैरहेको सो कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताउनु भयो ।-गोर्खापत्रबाट 

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |


    जीवनशैली सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १३, बिहिबार