• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

  • पहिलो बोली
  • २०७७ मंसिर १९, शुक्रबार (१ महिना अघि)
  • ११२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Friday December 4, 2020 (2 months ago)
  • 1135 Views
  • Reading time 1 minute

  • कञ्चनपुर, मङ्सिर १९ गते । फेसबुकबाट चिनजानपछि बसेको मायाप्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उहाँले गर्नुभएको थिएन ।

    डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसम खाएका थिए । मायापिरती बसेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए । तारालाई आफ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे ।

    “गत वर्षको फागुन ११ गतेको कुरा हो”, ताराले भन्नुभयो, “घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा बसे । भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्याउनुपर्छ भनेर कर गर्न थाले । नाइँनास्ती गर्न सकिनँ । झलारी बजारसम्म गएँ ।”

    “तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरिब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ”, रमेशको भनाइ उल्लेख गर्दै ताराले भन्नुभयो, “वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला । राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँे, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ ।”

    त्यसपछि उहाँ डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्वानीमा रहेको घरमा जानुभयो । एक÷दुई महिना राम्रैसँग बित्यो । रमेशले पनि निकै राम्रो व्यवहार गरे । “जब म गर्भवती भएँ, मेरो मञ्जुरीबिना जबर्जस्ती गर्भपतनको औषधि खुवाई गर्भपतन गराइयो ।” असुरक्षित तरिकाले गर्भपतन गराउँदा रक्तस्राव हुन थाल्यो । ताराको रक्तस्राव हुने क्रम नरोकिएपछि कैलालीको धनगढीस्थित अस्पतालमा उपचारका लागि भर्ना गरियो । उपचारपछि तारा निको हुनुभयो । दुवैजना माइतीघरमा जानुभयो ।

    झलारी बजारबाट फलफूल लिएर आउँछु भनी गएका रमेश माइतीमै छाडेर फर्केनन् । उहाँले गहँभरि आँशु खसाल्दै भन्नुभयो, “माइतीमै छाडेर भाग्नुभयो । कता गएको खबर नै गर्नुभएन । यतिका दिन बिते भनेर तीन दिनपछि फोनमै सोधेँ, प्रत्युत्तरमा रमेशले ‘तारा भन्ने तिमी को हौ म चिन्दिनँ, तेरो मेरो कुनै सम्बन्ध छैन । मेरो घरमा आएपछि तेरो लाश हुन्छ’ भनेर धम्की दिन थाले ।”

    उहाँले त्यसपछिका कुरा खोतल्दै भन्नुभयो, “सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ । केही सहारा थिएन । भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन । मार्ने धम्की दिँदै आएकाले निकै मानसिक हिंसा सहनुपर्यो ।” ताराले शुक्लाफाँटा नगरपालिकामा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा यी कुरा बताउनुभएको हो । रमेशले छाडेर गएकामा तारालाई अहिले पनि विश्वास छैन ।

    उहाँ भन्नुहुन्छ, “कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो । भेट गराइदिनुपर्यो । सम्झाएपछि अपनाउने अझै विश्वास छ । म ऊ बिना बाँच्न सक्दिनँ ।” घर न घाटकी हुनुभएकी तारा न्याय माग्दै झलारीस्थित सामुदायिक सेवा केन्द्रको शरणमा पुग्नुभएको छ । सेवा केन्द्रको सेफहाउसमा बस्दै आउनुभएकी तारालाई न्याय दिलाउनका लागि महिला अधिकारकर्मीको सहयोगमा इलाका प्रहरी कार्यालय झलारीमा उजुरी दिइएको छ ।

    “प्रहरीले अहिलेसम्म उजुरीको सुनवाइ गरेको छैन । प्रहरीमा उजुरी दिएको छ महिना बितेको छ”, अधिकारकर्मी बिष्नादेवी पन्तले भन्नुभयो, “भगाएर अलपत्र छाडनेविरुद्धको उजुरी दिइए पनि प्रहरीले आजभोलि भन्दै आश्वासन मात्रै दिने गरेको छ । भगाएर लैजाने केटालाई यहाँ ल्याउन मानेकै छैन ।” सेवा केन्द्रका पदाधिकारी महिलासहित नगरपालिकाका उपप्रमुखको नेतृत्वमा गएको टोलीले परशुराम नगरपालिकास्थित प्रहरीमा समेत उजुरी गरेपछि रमेश त्यहाँसमेत फेला नपरेको उहाँले बताउनुभयो ।

    प्रहरीमा उजुरी दिँदासमेत सुनुवाइ हुन नसकेपछि महिला अधिकारकर्मी तारालाई न्याय दिलाउनका लागि जुटेका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा दुवै पक्षलाई राखेर समस्याको समाधान गरिने बताउनुहुन्छ । अन्तक्र्रिया कार्यक्रममा सहभागी अधिवक्ता उद्धवराज भट्ट महिलामाथि हुने ज्यादतिका अधिकांश घटना विद्यमान कानूनको कार्यान्वयन नगरिँदा बढ्दो क्रममा रहेको बताउनुहुन्छ । कानूनको पूर्णरूपमा पालना गराउनका लागि स्थानीय सरकारले परिणाममुखी काम गर्नुपर्ने उहाँको भनाइ छ ।

    “पुरुषको तुलनामा महिला अधिक हिंसामा पर्ने गरेका छन् । यसको मुख्य कारकका रुपमा जाँडरक्सीको अनियन्त्रितरूपमा बिक्री वितरण नै हो”, अधिवक्ता भट्टले भन्नुभयो, “केही नपाइने ठाउँमा मदिरा पाइन्छ । यसको नियन्त्रण जरुरी छ ।” एकअर्काको भावना नबुझिकनै गरिने प्रेमविवाहसमेत असफल हुँदै गएको चर्चा गर्दै उहाँले यसरी गरिएका प्रेमविवाह एकअर्काप्रतिको अविश्वासका कारण बीचमै टुट्ने गरेकाले यसमा पनि महिला नै पीडित बन्ने गरेको बताउनुभयो । उहाँका अनुसार देखासिखीमै गरिने प्रेमविवाहमा अधिकांश शिक्षित युवायुवती नै रहने गरेका छन् ।

    “कानूनी उपचार नगरिकनै अधिकांश हिंसाका घटनालाई मिलापत्रमै टुङग्याइँदा यी घटनापछि विकराल रूपमा आउने गरेका छन्”, उहाँले भन्नुभयो, “सबैभन्दा बढी यौनजन्य हिंसाका घटना बढी छन् । त्यसपछि मानसिक प्रताडनाका घटना आउने गरेका छन् ।”

    झलारी सामुदायिक सेवा केन्द्रमा गत साउन महिनादेखि हालसम्म घरेलु हिंसाका छ, गालीगलौजका १२, कुटपिटका २०, वादविवादका तीन, बालविवाहका पाँच, अलपत्र परेका महिला पाँच, बहुविवाहका चार गरी ५५ जनाले उजुरी गरेका छन् । तीमध्ये १५ जनालाई मनोपरामर्श र पाँच जनालाई मेलमिलापपछि घर फिर्ता गराइएको छ ।- RSS

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    अमेरिकी राष्ट्रपति निर्वाचन: कस्ले मार्ला त बाजी ?

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ ५, सोमबार