युनिसेफ नेपालको सहयोगमा दया फाउन्डेशन र रोटरी क्लब अफ काठमाडौं मिड टाउनले आयोजना गरेको कविता लेखन प्रतियोगिताको अन्तिम कार्यक्रम २७ नोभेम्बर २०२० बेलुकी ५ बजे जूम मार्फत सम्पन्न भएको थियो।
२ घण्टाको कार्यक्रमको मुख्य आकर्षण भनेको प्रतियोगिताका १० विजेताहरूको घोषणा थियो र त्यसपछि ‘संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता’ विषयवस्तुमा प्यानल छलफल भएको थियो।
यो कार्यक्रम ३०० भन्दा बढी युवाहरू तथा विभिन्न संस्थाका सम्मानित व्यक्तित्वहरुको सहभागिताको साथ सफल भयो। रुपीज इन्टरनेसनल स्कूलकी आर्य बज्राचार्य, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्टकी शिभिला जी.सी., शिल्वर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्टकि रचिता उप्रेति, सफ्टवेरिका कलेजकी रुबी भण्डारी, र रातो बंगला स्कूलकि श्रीया श्रेष्ठ अंग्रेजी विधातर्फका विजेता हुन् भने नेपाली विधातर्फका विजेताहरुमा चण्डीगढ विश्वविद्यालयका अभिनाश गजुरेल, मेधावी कलेजकि चदनी आचार्य, आई.ओ.एम.का विज्ञान सुवेदी, त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टकि स्मृति अधिकारी र दिक्तेल बहुमुखि क्याम्पसकी सुशीला राई रहेका छन् र प्रत्येकले नगद पुरस्कार रु.१०,०००/- (दश हजार) प्राप्त गर्न सफल भए।
विजेता घोषणा प्रस्चात प्यानलमा रहनुभएका वक्ताहरु मान बहादुर मुखिया (साहित्यिक व्यक्तित्व), तानिया धाकवा (युनिसेफ नेपालका सञ्चार प्रमुख), डा. सगुन बल्लभ पन्त (शिक्षण अस्पतालमा मनोचिकित्सक), र डा. रोजिना मानन्धर (मनोवैज्ञानिक/क्लिनिकल हिप्नोथेरापिष्ट) ले भावनात्मक र मानसिक स्वास्थ्य सम्बन्धि आफ्नो विचार तथा युवाहरुलाई सुझाब दिनुका साथै साहित्यको माध्यम बाट आफ्नो अभिव्यक्ति ब्यक्त गर्नुको महत्वबारे प्रकास पार्नुभयो।
यस प्रतियोगिताको मुख्य विषयबस्तु ‘संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता’ थियो। विशेष गरी युवाहरू बीच बढ्दो मानसिक स्वास्थ्य समस्याहरू र आफ्नो पहिचानको स्थापनामा संस्कृतिको महत्त्वलाई सम्बोधन गर्नु यसको उदेश्य रहेको थियो। प्रतियोगिता १५ देखि ३० बर्ष उमेर समूहका युवाहरूको लागि खुला गरिएको थियो। प्रस्तुतिहरू अज्ञातरुपमा अनुभवी तथा योग्य साहित्य विज्ञहरू द्वारा समीक्षा गरिएको थियो जसअन्तरगत क्रमसः १) अंग्रेजी समूहमा: जेम्स सी हपकिन्स (कवि तथा लेखक), लिसा चोग्याल (रोटरी क्लब काठमाडौं मिडटाउनकि भूतपूर्व अध्यक्ष) र तानिया धाक्वा (सञ्चार प्रमुख) र २) नेपाली समूहमा: अनुपम पोखरेल (कवि तथा संकाय, सिल्वर माउन्टेन स्कूल अफ होटल मैनेजमेन्ट), मान बहादुर मुखिया (कवि तथा संकाय, जेभियर एकेडेमी) र रामप्रसाद दाहाल, (संकाय, काठमाडौं इञ्जिनियरि कलेज) रहनुभएको थियो । दुई प्रायोजक संस्थाहरुको प्रतिनिधित्व, दया फाउंडेशनका अध्यक्ष राजेश प्रधान, तथा स्वास्थ्य कार्यकारी सदस्य, कीपा माथेमा हान्डा र रोटरी क्लब अफ् काठमाडौं मिड टाउनका अध्यक्ष लेफ्टिनेन्ट जनरल के.एन.एस. थापाले गर्नु भएको थियो।
प्रमुख अतिथिका रुपमा डिस्ट्रिक गभर्नर राजीव पोखरेल तथा प्रायोजक संस्थाका प्रतिनिधिहरुले युवा कल्याण को लागी राष्ट्रिय स्तरमा यस प्रकारको पहल र प्रयासको बारेमा सकारात्मक विचार व्यक्त गर्नुभयो।
आयोजक संस्थाको प्रतिनिधित्व गर्दै मध्यस्थकर्ताको भूमिकामा नीभा माथेमा प्रधान रहनु भएको थियो, जो दया फाउन्डेसनकि कार्यकारी सदस्य तथा संस्थापक पनि हुनुहुन्छ। दया फाउन्डेशन एक गैर-नाफा मुकल संस्था हो, जसले शिक्षा, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा विभिन्न परियोजनाहरुलाई वित्तीय, प्राविधिक र स्वयंसेवी सहयोग प्रदान गर्दै आईराखेको छ। यो प्रतियोगिता पनि दया फाउण्डेशनको संस्कृतिलाई प्रवर्द्धन गर्ने पहलको हिस्सा हो। रोटरी क्लब अफ् काठमाडौं मिड टाउनकि निवर्तमान अध्यक्षको रूपमा, नीवा प्रधानले “युवा पेशागत व्यावसायिक कौशल प्रशिक्षण” को संचालन पनि गर्नुहुन्छ जसको उदेश्य युवाहरुको व्यावहारिक क्षेत्रमा कौशलता तथा दक्षता विकास गर्नु हो। युनिसेफ नेपालकी संचार प्रमुख तानिया धाकवाको नेतृत्वमा, दिउ फाउन्डेशन र रोटरी क्लब अफ् काठमाडौं मिड टाउनसँग मिलेर मानसिक स्वास्थ्यको बारेमा जनचेतना बढाउन र डिप्रेशनका बिरामी तथा आत्महत्याका घटनाहरू बृद्धि भैरहेका बेला युवाहरुलाई विशेषज्ञबाट बिशेष सल्लाह प्रधानगर्न उक्त कार्यक्रमको संयोजन गरिएको हो।
उक्त कविता प्रतियोगिता हरेक चार महिनामा संचालन हुनेछ तथा मिति र समय भने सामाजिक संजालबाट जानकारी गराईनेछ। युवा प्रतिभा प्रोत्साहन तथा उनीहरुको आवाज वकालतका लागि यस प्रकारका कार्यक्रमले एउटा राम्रो अवसर सृजना गर्छ र यो वर्तमान समयमा धेरै आवश्यक छ भन्ने कुरामा सबै सहभागी संस्थाहरूले एक मत रहेको कुरा यस कार्यक्रम कि संयोजक निभा प्रधानले बताउनु भयो ।