• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    २ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

  • पहिलो बोली
  • २०७७ कार्तिक ३०, आईतबार (३ महिना अघि)
  • ४५१९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Sunday November 15, 2020 (4 months ago)
  • 4525 Views
  • Reading time 1 minute

  • युवा प्रतिभा तथा वर्तमान महामारी को स्थिति लाई केन्द्रित गर्दै, तीन संस्थाहरुले युवाहरुको प्रतिभा लाई प्रोत्साहन गर्ने हुतुले कविता प्रतियोगिता आयोजना गरेका छन्। दया फाउन्डेशन र रोटरी क्लब अफ काठमाडौं मिड टाउनले, युनिसेफ नेपालको सहकार्यमा उक्त कार्यक्रमको आयोजना भएको छ जसको नतिजा नोबेम्बर २७ बेलुकी ५ बजेको प्रत्यक्ष प्रसारण वेबिनारबाट घोषणा गरिनेछ र केहि कविताहरू भने नोभेम्बर २० मा हुने युनिसेफ विश्व बाल दिवस समारोहमा बाचन गरिनेछन।

    युनिसेफको हालचालैको एक अध्ययनका अनुसार कोभिड माहामारी यता युवाको मानसिक विकार (depressive illness) र आत्महत्याको दरमा विशेष गरी महिलाहरुमा ४० प्रतिशतले वृद्धि आएको छ। आयोजकहरु भन्छन् तसर्थ यस्तो पहलले युवाहरूलाई उनीहरूका भावना तथा समस्याहरू बाँड्न एउटा मञ्च प्रदान गर्नेछ र उनीहरूलाई थप आशा प्रदान गर्ने छ। शीर्ष अन्तिम १० प्रतियोगीहरुले नोबेम्बर २७ मा हुने वेबिनारमा आफ्ना कविताहरू प्रत्यक्ष प्रस्तुत गर्नेछन्।

    विशेष गरी युवाहरू बीच बढ्दो मानसिक र भावनात्मक स्वास्थ्य समस्याहरू समाधान साथसाथै स्व:पहिचानलाई परिभाषित गर्न संस्कृतिको महत्त्वलाई सम्बोधन गर्ने उदेश्यले प्रतियोगिताको मुख्य बिषयबस्तु नै ‘संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता’ राखिएको छ । १५ देखि ३० बर्ष उमेर समूहका युवाहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। सहभागीहरूले नेपाली वा अंग्रेजीमा आफैले लेखेको मौलिक कविता “भावनात्मक/मानसिक भलाई”, “सांस्कृतिक पहिचान” र “भावनात्मक/मानसिक भलाई प्रबर्दन गर्ने सांस्कृतिक पहिचान” वा यी मध्ये कुनै एक विषयबस्तुमा आधारित लेख हुनुपर्नेछ। प्रत्येक भाषा समूहका ५ विजेताहरु प्रत्येकलाई नगद रु. १०,००० (दश हजार) सहित पुरस्कृत गरिनेछ।

    निर्णायक प्यानलमा अनुभवी र योग्य साहित्य विज्ञहरू हुनेछन्:

    १) अंग्रेजी समूह: जेम्स सी हपकिन्स (कवि तथा लेखक), लिसा चोग्याल (रोटरी क्लब काठमाडौं मिडटाउनकि भूतपूर्व अध्यक्ष) र तानिया ढाक्वा (सञ्चार प्रमुख, युनिसेफ)
    २) नेपाली समूह: अनुपम पोखरेल (कवि तथा संकाय, सिल्वर माउन्टेन स्कूल अफ होटल मैनेजमेन्ट), मान बहादुर मुखिया (कवि तथा संकाय, जेभियर एकेडेमी) र रामप्रसाद दाहाल, (संकाय, काठमाडौं इञ्जिनियरि कलेज)

    निर्णायकहरुले सर्वसम्मतिले आ-आफ्नो समूहबाट ५ विजेता छनौट गर्नेछन् र विजेताहरूले आफ्नो कविता प्रत्यक्ष वेबिनारमा प्रस्तुत गर्नेछन्।

    यो उदाहरनिय पहल नीभा प्रधानले शुरू गर्नुभएको हो जो दया फाउन्डेशनको भूतपूर्व अध्यक्ष तथा संस्थापक सदस्य हुनुहुन्छ। दया फाउन्डेशन एक गैर-नाफा मुकल संस्था हो, जसले शिक्षा, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा विभिन्न परियोजनाहरुलाई वित्तीय, प्राविधिक र स्वयंसेवी सहयोग प्रदान गर्दै आईराखेको छ। यो प्रतियोगिता पनि दया फाउण्डेशनको संस्कृतिलाई प्रवर्द्धन गर्ने पहलको हिस्सा हो। दया फाउण्डेशनका अध्यक्ष राजेश बी. प्रधानले पनि फाउन्डेशनका यस्ता प्रयासलाई सधै प्रोत्साहन गर्नुहुन्छ। रोटरी क्लब अफ् काठमाडौं मिड टाउनकि निवर्तमान अध्यक्षको रूपमा, नीवा प्रधानले “युवा पेशागत व्यावसायिक कौशल प्रशिक्षण” को संचालन पनि गर्नुहुन्छ जसको उदेश्य युवाहरुको व्यावहारिक क्षेत्रमा कौशलता तथा दक्षता विकास गर्नु हो। रोटरी क्लब अध्यक्ष, लेफ्टिनेन्ट जनरल के.एन.एस. थापाले पनि युवा समुहको फाइदाका लागि त्यस्तो साझेदारी पहल गर्न पाउदा खुसि ब्यक्त गर्नु भयो। युनिसेफ नेपालले विश्व बाल दिवसको अवसरमा नोभेम्बर महिनामा मानसिक स्वास्थ्यमा जनचेतना जगाउन उक्त दुई संस्थाहरुसंग साझेदारी गरेको छ।

    आयोजक तथा प्रतियोजिताका थप विवरणहरू उनीहरूको फेसबुक पृष्ठहरूमा फेला पार्न सकिन्छ। अन्य साझेदारी संस्थाहरूमा जेभियर एकेडेमी, काठमाडौं इञ्जिनियरि कलेज, सिल्वर माउन्टेन स्कूल अफ होटल म्यानेजमेन्ट, टीम नेपो (Team NEPO), काठमाडौं युनिभर्सिटी, रोटरी क्लब, रोट्याक्ट र इन्टरएक्ट क्लब, रुपिज इन्टरनेसनल स्कूल र केही अन्य स्कूल, कलेज र संस्थाहरू छन् जसले आफ्ना युवाहरूलाई यस पहलमा भाग लिन प्रोत्साहन गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन १८, मंगलबार