प्रेस बिज्ञप्ति:
रोटरी क्लब अफ काठमाडौं मिडटाउन र कर्पोरेट कार्यक्रम – आर्ट अफ लीभिंग नेपाल ले – लिडरसिप एकेडेमी नेपाल (ल्यान), रोटरी इंटरनेशनल डिस्ट्रिक्ट 3292, एफ.एन.सी.सी.आई., नेपाली युवा उद्यमी फोरम, जोन्टा क्लब अफ काठमाडौँ, टोंस्टमास्टर्स इन्टरनेशनल, र टिम नेपो संगको सहकार्यमा “युवानेतृत्वका लागि आगामी मार्ग”- नेतृत्व, सेवा र भावनात्मक-कल्याण भन्ने शीर्षकमा विभिन्न क्षेत्रका प्रभाबशाली वक्ताहरूसँग प्यानल छलफल कार्यक्रम को आयोजना गरिदैछ । प्रस्तुत कार्यक्रम अगस्त २२ अर्थात् भाद्र ६ गतेका दिन बेलुकी ५ बजेबाट Corporate Programs AOL Nepal को फेसबुक पेज मार्फत प्रतक्ष प्रसारण हुने कार्यक्रमकि संचालिका निभा प्रधानले बताउनु भयो ।
यस सत्रको लागि प्यानलिस्टहरू हुन्:
१. रजीब पोखरेल, रोटरी इंटरनेशनल डिस्ट्रिक्ट 3292 गभर्नरले “सामुदायिक कार्य र नेतृत्व भूमिकाका लागि सेवा” मा बोल्ने छन् ।
२. शेखर गोल्चा, उपाध्यक्ष, एफ.एन.सी.सी.आई. ले “कोभिड-१९ को बखत नेपालको अर्थतन्त्र र अवसरहरु” को बारेमा कुरा गर्नेछन् ।
३. मून प्रधान, टोस्टमास्टर्स इंटरनेशनल डिस्ट्रिक्ट 41 डिभीजन A का निर्देशक, काठमाडौंको जोन्टा क्लबकि क्लब सचिवले “आफैमा लगानी” विषयमा उनका अनुभवहरु साट्नेछिन् ।
४. डा. अरुण आर. जोशी, संस्थापक र सी.ई.ओ., लिडरसिप एकेडेमी नेपाल, ले समुहलाई नेतृत्व गर्नका निम्ति आफैंलाई प्रबन्ध र नेतृत्व गर्नुको महत्व का विषयमा बोल्ने छन् ।
उक्त सत्रको संचालन निभा एम. प्रधान, रोटरी क्लब अफ काठमाडौं मिडटाउनकि निबर्तमान अध्यक्ष र कर्पोरेट कार्यक्रम – आर्ट अफ लीभिंग नेपालकि संयोजक ले गर्नेछिन् । केहि वैज्ञानिक प्रमाणहरूले के पनि सुझाव दिईराखेका छन् भने सेवा परियोजनाहरूमा संलग्नता हुनाले सीप विकास गर्न मद्दत गर्दछन, सम्पर्क विस्तार गर्न, र आफ्नो सम्बन्धको भावना महसुस गर्न सहयोग पुर्याउँछन् जुन व्यक्तिगत विकास र समग्र कल्याणको लागि महत्वपूर्ण छ । प्यानलिस्टहरूले नेतृत्वको विभिन्न पक्षमा विस्तृत छलफल गर्नेछन, विश्वास, उद्देश्यपूर्णता, भावनात्मक कल्याण, मूल्य-मान्यता, नेटवर्किंग र साझेदारी विकास, र जीवनमा अखण्डता विकास गर्न मद्दत गर्ने कारक तत्वहरूमा केन्द्रित हुनेछन्।
थप जिज्ञासाहरूका लागि – पृथ्वी बिक्रम श्रेष्ठ (9849740485)