• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    २ हफ्ता अघि

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    ३ हफ्ता अघि

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    १ महिना अघि

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    २ महिना अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    २ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    ३ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / मुख्य समाचार

कोरोनाभाइरस: लक्षण नदेखिएका सङ्क्रमितहरूको लापरबाहीले जोखिम बढ्दै

  • पहिलो बोली
  • २०७७ श्रावण २९, बिहिबार (६ महिना अघि)
  • २८३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • Published on: Thursday August 13, 2020 (7 months ago)
  • 2845 Views
  • Reading time 1 minute

  • Getty Images

    नेपालगञ्जमा अधिकांश कोरोनाभाइरस सङ्क्रमितलाई कुनै लक्षण नदेखिएपछि मानिसहरूले यसलाई सामान्य रूपमा लिन थालेको पाइएको छ।
    सङ्क्रमण पुष्टि भएपनि लक्षण नदेखिनु र दुई हप्ता अलग्गिएर आइसोलेसनमा बसी सकुशल घर फर्किएको देख्दा व्यक्तिगत रूपमा सजगता अपनाउन छाडिएको देखिएको स्थानीय बासिन्दा बताउँछन्।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ की रञ्जना रानाले लकडाउनको समयमा समेत नास्ता पसल चलाउँदै आएको बताइन्।उनी भन्छिन्, “मान्छेहरू चाउमिन खान आइराख्छन् पसल नखोलेर पनि के गर्नु? यही पसलले जीवन धान्ने हो। कोरोना भनेको यस्तै रैछ बुढापाका मात्र मरेको समाचारमा सुनिन्छ अरू सबै निको हुँदा रहेछन्।”

    RSS

    पहिले विदेशतिरको समाचार सुन्दा निकै डर लाग्ने गरेको तर नेपालगञ्जमा सबैजसो सङ्क्रमित निको भएको देख्दा डर हराइसकेको उनी बताउँछिन्।
    “सुरु सुरुमा पसलमा बस्दा मास्क लगाइन्थ्यो अचेल मास्क पनि कता फालियो थाहै छैन,” उनले भनिन्, “न केटाकेटीले लाउँछन् न मैले।”
    रञ्जना जस्ता धेरै स्थानीय बासिन्दाहरूले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्न सावधानी अपनाएको देखिँदैन।टोलछिमेकमा सङ्क्रमित भेटिए पनि दुई हप्तामा सङ्क्रमण मुक्त भइहाल्ने र अरू कसैलाई असर नगर्ने भ्रम रहेको पाइन्छ।

    परिवारमा सङ्क्रमण देखिएपछि सावधानी

    EPA

    यही असावधानीले गर्दा पुनः सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सङ्क्रमितका परिवारले भने सजगता अपनाएको पाइन्छ।नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष प्रमोद रिजाललाई सामान्य लक्षण सहितको सङ्क्रमण देखिएपछि उनका परिवारले घरमा हरेक क्रियाकलापमा सावधानी अपनाएको बताउँछन्।अध्यक्ष रिजालकी भाइ बुहारी अमिता रिजालले घरमा परिवारका सदस्यबीच भौतिक दूरी कायम गर्नुका साथै खाने कुरामा समेत ध्यान दिइएको बताइन्।

    दाजु भाइहरूको घर अलग अलग भएपनि कम्पाउण्ड एउटै भएकोले परिवारको एकजना सदस्यलाई सङ्क्रमण देखिनासाथ सबैले सावधानी अपनाएको उनले बताइन्।जेठाजुलाई सङ्क्रमण देखिएपछि परिवारका सबै सदस्यको परीक्षण गर्दा भाइको ११ वर्षीय छोरामा लक्षण बिनाको सङ्क्रमण देखिएपछि अहिले सानो सानो कुरामा पनि ध्यान दिइरहेको उनले बताइन्।”परिवारकै सदस्यबीच कुरा गर्दा पनि कम्तीमा दुई मिटरको दूरी कायम गर्छौँ, मास्क पनि प्रयोग गरेका छौँ, फ्रीजको पानी खानै छोड्यौँ।”कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा वृद्धवृद्धलाई जोगाउन मुस्किल हुने सुनेको बताउँदै सासु सुगरको बिरामी भएकाले अहिले थप सजगता अपनाइएको उनले बताइन्।

    घरका दुईजना सदस्य आइसोलेसनमा बसिरहेको अवस्थामा आफूहरूले पनि खानपानमा विशेष ध्यान दिइरहेको बताउँदै उनले भनिन्, “बिहान उठ्ने बित्तिकै सबैले गुर्जोको झोल उमालेर पिउँछौँ। एकछिनपछि तुलसी, अदुवा हालेको कालो चिया, खानापछि दिउँसो तातो पानी, राती सुत्नु अगाडि दूधमा बेसार हालेर पिउने गरेका छौँ।”यस्तै बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी सुनिता पन्तले श्रीमान्‌लाई कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि सजगता अपनाइएको बताउँछिन्।”खजुराका सबै सङ्क्रमित निको भएर फर्किरहेको अवस्था छ मेरो श्रीमान्‌लाई सङ्क्रमण पुष्टि भएपनि कुनै लक्षण देखिएको छैन। आशा छ सकुशल फर्किनु हुन्छ,” उनले भनिन्।कोरोनाभाइरस सामान्य रुघा खोकी जस्तै भएको भन्दै टोल छिमेकमा यसबारे कसैले गम्भीरता नदेखाएको पन्तले बताइन्।

    RSS

    सङ्क्रमण पुष्टि भएपछि हाल आइसोलेसनमा बसिरहेका पन्तका श्रीमान् खगेन्द्र दाहाल कुनै लक्षण नदेखिएपछि आफू छिट्टै सङ्क्रमणबाट मुक्त हुने विश्वास गर्छन्।”कहिलेकाहीँ त त्यसै आईसोलेसनमा बस्नुपरेको जस्तो लाग्छ। तर सङ्क्रमण भइसकेपछि अरूलाई सङ्क्रमण हुनबाट जोगाउन छुट्टै बस्न आवश्यक छ,” उनले भने।

    सङ्क्रमितलाई गर्ने व्यवहार परिवर्तन

    अहिलेको नयाँ सङ्क्रमित र पहिलेका सङ्क्रमितको अनुभव भने फरक छ।गत जेठ ८ गते कोरोनाभाइरस सङ्क्रमण भएर मुक्त भएका बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष खुमबहादुर बस्नेतले आफू सङ्क्रमित हुँदा धेरै मानसिक तनाव झेलेको बताए।आफू सङ्क्रमित हुँदा परिवार र आफन्तलाई समेत समाजले अपहेलना गरेको उनले बताए।उनले भने, “आइसोलेसन बसेको समयमा घर परिवार र आफन्तले केही भइहाल्छ कि भनेर दैनिक रुँदै फोन गर्थे। अहिले खासै डराउनुपर्ने अवस्था नभएपनि सावधानी अपनाउनै पर्छ।”गाउँघरतिर पहिले कोरोनाभाइरसप्रति जति डर त्रास थियो त्यो अहिले हटिसकेकोले सबैबाट लापरबाही भइरहेको अध्यक्ष बताउँछन्।”सुरु सुरुमा बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले मास्क प्रयोग गरेको देखिन्थ्यो तर अहिले कसैले लगाउँदैनन्। सामुहिक रूपमा गरिने सार्वजनिक काममा सहभागिता जनाउँदा समेत सजगता अपनाइएको देखिँदैन,” उनले भने।

    लक्षण नदेखिएका सङ्क्रमित सम्पर्कविहीन

    बाँकेमा पछिल्लो समय सङ्क्रमण पुष्टि भएकाहरू स्वास्थ्यकर्मीको सम्पर्कमा आउन नचाहेको घटना पनि बढिरहेको पाइन्छ।कन्ट्याक्ट ट्रेसिङबाट परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि कतिपय सङ्क्रमितहरू मोबाइल अफ गरेर बसिदिँदा सम्पर्कमा ल्याउन कठिन भइरहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए।साउन २३, २४ र २५ गते पुष्टि भएका सङ्क्रमितमध्ये करिब १२ जनालाई प्रहरी प्रशासनको सहायतामा खोजिएको र अहिले सबैजना सम्पर्कमा रहेको उनले बताए।”पुष्टि भएपनि कुनै लक्षण देखिएको छैन। आइसोलेशनमा किन जाने? सङ्क्रमण पुष्टि भएको थाहा पाउँदा छिमेकीले नराम्रो दृष्टिले हेर्लान् भन्ने मानसिकताले सङ्क्रमितहरू लुकेर बस्न खोजेका छन्,” श्रेष्ठले भने।सङ्क्रमणको दर उच्च रहेको बाँकेमा सङ्क्रमितहरू समयमै सम्पर्कमा नआउँदा सङ्क्रमितको सङ्ख्या बढ्ने खतरा रहेको फोकल पर्सन श्रेष्ठले बताए।-बीबीसी नेपालीबाट 

  • ##कोरोनाभाईरस
  • ##नेपाल
  • #Corona Nepal
  • #corona update nepal
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    मुख्य समाचार सम्बन्धि थप

    बुटवलमा बन्दैछन् नागढुङ्गा–नौबिसे सुरुङ मार्गका करङ

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    समाचार
    थप

    काठमाडौंमा शक्ति प्रदर्शन गर्दै प्रचण्ड-माधव समूह,२ लाख मानिस उतार्ने

    नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ फागुन २१, शुक्रबार