• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • जीवनशैली
  • पहिलो बोली टि.भी.
  • English News
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
  • मुख्य समाचार
  • समाचार
  • पहिलो बोली बिशेष
  • प्रदेश न्युज
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • कर्णाली
    • प्रदेश नं. ५
    • सुदुर पश्चिम
  • आर्थिक
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रवास
  • विचार/ब्लग
  • English
  • ताजा अपडेट

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    ३ हफ्ता अघि

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    १ महिना अघि

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    १ महिना अघि

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    १ महिना अघि

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    २ महिना अघि

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    २ महिना अघि
in
ट्रेन्डीङ्ग
#कोरोनाभाईरस#नेपालCOrona UpdatecoronavirusCorona Viruscorona virus nepalcovid-19Deathpandemicकोरोना भाइरस
होमपेज / जीवनशैली

पर्सामा थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • पहिलो बोली
  • २०७७ श्रावण २५, आईतबार (५ महिना अघि)
  • २२६३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • Published on: Sunday August 9, 2020 (6 months ago)
  • 2269 Views
  • Reading time 1 minute

  • वीरगञ्ज, साउन २५ गते । शनिबार राति अबेर आएको पीसीआर परीक्षण रिपाेर्ट अनुसार पर्सा जिल्लामा थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नाै जना नेपाल प्रहरी, एक जना भारतीय महावाणिज्य दूतावास वीरगञ्जका कर्मचारीसहित ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जसमा मृत्युपश्चात गरिएको पीसीआर परीक्षणमा एक पोजिटिभसहित पर्साका ७१ जना र बारा जिल्लाका तीन जना तथा सर्लाही जिल्लाका एक जना रहेका छन् ।नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार ६० जना पुरूष र १५ जना महिलासहित ७५ जना १२ वर्षदेखि ६८ वर्ष उमेर समूहका नयाँ सङ्क्रमित पुष्टि भएको हो ।

    सङ्क्रमित हुनेमा जिल्ला प्रहरी कार्यालय, पर्सामा कार्यरत नाै जना नेपाल प्रहरी एक जना १५ वर्षकी महिला, वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारी ३५ वर्षीय एक जना पुरुष कर्मचारी, नारायणी अस्पतालका एक जना पुरुष र एक जना महिला कर्मचारी रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. उपाध्यायले बताउनुभयो ।वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि सङ्क्रमण पुष्टि भएको छ । यसअघि सङ्क्रमित पुष्टि भइसकेका वीरगञ्जका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाको निरन्तर सम्पर्कमा रहेर काम गरेका महत्तोको साउन २१ गते पीसीआर परीक्षणको लागि स्वाबको नमूना सङ्कलन गरिएको थियो ।

    शनिबार राति आएको परीक्षण रिपाेर्टमा सङ्क्रमित देखिएका ७५ जनामध्ये आठ जना सङ्क्रमितमा ज्वरो र खोकीका लक्षण रहेको बताइएको छ । जसमध्ये २९ जना नयाँ सङ्क्रमितमा कन्ट्याक्ट ट्रेसिङको आधारमा परीक्षण गराएका र ११ जना आफैँ पैसा तिरेर पीसीआर परीक्षण गराएका रहेका छन् ।
    त्यसै गरी पर्सामा पुष्टि भएका ७१ नयाँ सङ्क्रमितहरूमा वीरगञ्ज महानगरपालिकाको वारुण नियन्त्रणका ३९ वर्षीय र ५० वर्षका दुई जना पुरुष कर्मचारी, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका १६ वर्षदेखि ६८ वर्षका सम्मका ४६ जना रहेका छन् । नयाँ सङ्क्रमितहरूमा वीरगञ्जको गणेश टोलका सात जना, वीरगञ्जको लिङ्करोड, राधेमाई, नगवा, घडीअर्वा, महावीर टोल, कुम्हाल टोल, भिस्वा, पटेलनगर, पावर हाउस, चिनीमिल क्वाटर, पानीट्याङ्की, पिपरा, श्रीपुर, मुर्लीका बासिन्दा रहेका छन् ।त्यस्तै पर्सा जिल्लाको बहुदरमाइ नगरपालिकाका वडा नं. ७ का २६ वर्षका एक जना पुरुष, पर्सागढी नगरपालिका वडा नं. ६ का ३२ वर्षदेखि ५० वर्षका तीन जना पुरुष, पटेर्वा सुगौली गाँउपालिका वडा नं. ४ निवासी २२ वर्षका एक जना पुरुष, जिराभवानी गाँउपालिका वडा नं. २ निवासी २२ वर्षकी एक जना महिला, पर्सा जिल्ला अमरपट्टी वडा नं. ४ निवासी दुई जना महिला र एक जना पुरुष र पकहामैनपुरु गाँउपालिका निवासी दुई जना पुरुष रहेका छन् ।

    त्यसैगरी बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. ६ निवासी ३३ वर्षका एक जना पुरुष, बारा जिल्ला परवानीपुर-३ निवासी ३२ वर्षीय एक जना पुरुष, बारा जिल्ला फेटा गाँउपालिका-६ निवासी २२ वर्षका एक जना पुरुष र सर्लाही जिल्लाका ३६ वर्षका एक जना पुरुष रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिनुभयो ।-गोरखापत्रबाट

  • ##कोरोनाभाईरस
  • #Corona Nepal
  • #COrona Update
  • प्रतिक्रिया दिनुहोस
    • ईमेल प्रयोग गरेर
    • फेसबुक मार्फत

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *


    जीवनशैली सम्बन्धि थप

    युवाहरुलाई लक्षित दया फाउन्डेसनको ‘युथ म्युजिक कन्टेस्ट २०२१’ घोषणा

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

    युवा कबिहरुलाई प्रोत्साहन गर्दै कविता प्रतियोगिता सम्पन्न

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    समाचार
    थप

    डोटीमा जिप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते

    संस्कृति, पहिचान तथा भावनात्मक स्वच्छता विषयवस्तुमा कविता प्रतियोगिता हुदै

    डा.गोबिन्द केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने

    सङक्रमितले उपचार गर्न नसक्ने घोषणा गरे सरकारले व्यहोर्छ : स्वाथ्यमन्त्री

    पहिलो बिशेष
    थप

    थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८ पुग्यो

    कोरोना भाइरस नेपाल: हालसम्मकै उच्च सङ्क्रमित, थपिए ३ हजार ४ सय ३९

    छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका

    नेपालको खोप परीक्षण तयारी अन्तिम चरणमा

    अत्यधिक पढिएका खबरहरु
    १.

    गर्भमा छोरा छ वा छोरी यसरी थाहा पाउंनुहोस् ।

    २.

    कोरोना भाइरस आफैं हराउन सक्ने अनुमान

    ३.

    दूधको मूल्यमा प्रतिलिटर रु २० ले वृद्धि

    ४.

    साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९ ?

    ५.

    देशमा कोरोना फैलिएको बेला राष्ट्रपतिको रात्रीभोज

    ६.

    १० दिनका लागि अन्तराष्ट्रिय उडान खोल्ने तयारी

    ७.

    भारतीय अभिनेता सुशान्त सिंह राजपुतको निधन, आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए

    पत्राचार ठेगाना

    पहिलो बोली डट कम का लागी
    ठेगाना - सउल, दक्षिण कोरिया
    सम्पादक - नबिन खनाल
    ईमेल - contact@pahiloboli.com, pahiloboli@gmail.com

    फेसबुक

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • गोपनियता
    • अन्तरवार्ता
    • एन.आर.एन.
    • पहिलो बोली बिशेष
    • जीवनशैली
    • प्रदेश न्युज
    • सुचना प्रविधि
    • फोटो
    • पहिलो बोली टि.भी.
    • प्रवास
    • English News
    © २०७६ पहिलो बोली मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    आज: २०७७ माघ १२, सोमबार