कोरोनाभाइरस सङ्क्रमणबाट देशभरि थप ४१८ जनामा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जानकारी दिएको छ।यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५७ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ।अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २०,७५० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।सोमवारको दैनिक सङ्क्रमण एक महिनाको अवधिमा सबैभन्दा ठूलो हो। यसअघि जुलाई २ मा सर्वाधिक ७४० जना सङ्क्रमित थपिएका थिए।
काठमाडौँमा मात्रै ५१ जना संक्रमित थपिए
BBC
विगत २४ घण्टामा ३५८ जना निको भएसँगै अहिलेसम्म १४,९६१ जना सङ्क्रमित भाइरसमुक्त भएका छन्।काठमाण्ठूमा ५१ थपिए। सोमवार काठमाण्डू उपत्यकामा ५१ जना सङ्क्रमित थपिएका छन्।तीमध्ये काठमाण्डूमा ४३ जना, भक्तपुरमा पाँच जना र ललितपुरमा तीन जना भएको मन्त्रालयले जनाएको छ।मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ५,७३२ छ।तीमध्ये सबैभन्दा बढी प्रदेश नं २ मा २,३५७ जना छन् भने सुदूरपश्चिम प्रदेशमा १,५४९ जना रहेका छन्।त्यस्तै प्रदेश नं १ मा २९०, वागमती प्रदेशमा ६५१, गण्डकी २७५, प्रदेश नं ५ मा ३१५ र कर्णाली प्रदेशमा २९८ जना रहेका छन्।
अरु तथ्यांक के के छ त ?
BBC
विगत २४ घण्टामा पीसीआर विधिबाट ७,१३७ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।अहिले देशभरि १० हजारभन्दा केही बढी मानिस क्वारन्टीनमा छन्। तीमध्ये गण्डकी र सुदूरपश्चिम प्रदेशमा हुनेको सङ्ख्या सर्वाधिक छ।अहिले रौतहट, महोत्तरी र कैलाली जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।भोजपुर, सङ्खुवासभा, मनाङ र मुस्ताङ जिल्लामा भने सक्रिय सङ्क्रितको सङ्ख्या शून्यमा झरेको छ।-बीबीसी नेपालीबाट