Published on: Saturday July 18, 2020 (6 months ago)
1969 Views
Reading time 1 minute
३ साउन, काठमाडौं:
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।
प्रधानमन्त्रीनिवास बालुवाटारमा करिब साढे ४ घण्टासम्म सत्तारुढ नेकपाको सचिवलाय बैठक बसेको थियो । दिउँसो करिब सवा तीनमा शुरु भएको बैठक करिब सवा ७ सम्म लम्बिएको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय कमिटी बैठकमा पार्टी एकता रक्षा र सुदृढ गर्ने, जनादेशअनुसार काम गर्ने गरी पार्टीको संकट निवारण गर्ने विषयमा छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
पार्टीको आन्तरिक विवादका कारण केही दिनदेखि पार्टी स्थायी कमिटी बैठक स्थगित भइरहेको अवस्थामा सचिवालय बैठक बसेको थियो।
भोलि ३ बजे स्थायी कमिटीको पूर्वनिर्धारित बैठक कायमै छ ।