०३ असार, काठमाडौंः
विश्वभर कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या ६ लाखभन्दा धेरै भएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दिएको जानकारीका अनुसार शनिबार साँझसम्मसम्म विश्वभर कुल ६ लाख २ हजार ६ सय ५७ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, हालसम्म विश्वभरीमा १ करोड ४२ लाख २८ हजार १८५ जना व्यक्ति कोरोना संक्रमित भएको संगठनले जनाएको छ ।
विश्व स्वास्थय संगठनका अनुसार हालसम्म संक्रमित मध्ये ८४ लाख ९५ हजार १२२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५१ लाख ३२ हजार ८२५ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।
त्यस्तै, हालसम्म उपचाररत रहेका संक्रमितहरु मध्ये ५९ हजार ८०१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।