३ साउन, काठमाडौं :
ब्याडमिन्टन एसियाले नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको बताएको छ । विश्व ब्याडमिन्टनको जुनियर वरियतामा प्रिन्स सातौं स्थानमा छन्, जुन नेपालको युवा ब्याडमिन्टन खेलाडीले अहिलेसम्म प्राप्त गरेको ठूलो उपलब्धी हो ।
ब्याडमिन्टन एसियाले हरेक हप्ता एसिया क्षेत्रका उत्कृष्ट खेलाडीको लेख सार्वजनिक गर्दछ । यो साता नेपालका प्रिन्सको आलेख सार्वजनिक गरेको हो ।
दार्चुलाको खलंगामा जन्मिएका प्रिन्सले उमेर समूहमा आफूलाई अब्बल सावित गरिसकेका छन् ।