Published on: Saturday July 18, 2020 (6 months ago)
4513 Views
Reading time 0 minutes
३ साउन, काठमाडौं:
वनारसमा एक नेपालीको जबरजस्ती कपाल मुण्डन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
घटनालाई गम्भीर रूपमा लिएको र दोषीमाथि कडा कारबाही गरिने प्रहरी प्रमुख अमित पाठकले बताए।
उनले भने, ‘हामीले एक जनालाई पक्राउ गरेका छौं। अरूको पहिचान गरिसकेका छौं। उनीहरूको खोजी भइरहेको छ।’
केही दिनअघि भानुभक्त जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभएर नेपालमै पर्ने र भगवान राम नेपालमा जन्मेका हुन् भन्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर वनारसको एक दक्षिणपन्थी संगठनमा आवद्ध केही व्यक्तिको समूहले एक नेपालीको जबरजस्ती कपाल मुण्डन गरेर ‘जय श्री राम’ नारा लगाउन लगाएको थियो।