०३ असार, काठमाडौंः
नेपालको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको वैठक आज बस्दै छ ।
पछिल्लो समय नेकपाभित्र विवाद बढ्दै गएपछि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्प कमल दहाल प्रचण्ड बिच पटकपटक भेटवार्ता भएको छ । तर, भेटर्वार्तामा पनि उनीहरु बिच सहमति हुन सकेको छैन् ।
साथै , एक पटक स्थगीत भएर बस्न खोजेको पार्टीको स्थायी कमिटिको वैठक फेरि पनि स्थगित भएको छ । यसै बिच आजको नेकपाको सचिवालयको वैठकमा पार्टी भित्रको विवादको विषयलाई सम्बोधन हुने अनुमान गरिएको छ ।
आज दिउँसो तीन बजे बस्ने वैठकमा नेकपाभित्र जारी रहेको पार्टी विवादलाई समाधानको प्रयासको विषयमा छलफल हुने समेत बताइएको छ । नेकपाको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।
यसै बिच गत असार १७ गतेबाट सुरु भएको स्थायी कमिटिको वैठक स्थगित गरिएको थियो । साथै, प्रधानमन्त्री ओलीले आफूले कुनै पनि पद नछाड्ने भनेपछि पार्टीभित्रको विवाद झन् चुलिएको हो ।