२ साउन, काठमाडौंः
क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् ।
क्वारेन्टाइनमा बसिरहेका लमजुङ क्व्होलासोथार गाउँपालिका–६ पसगाउँका २३ वर्षीय युवकले झुण्डिएर आत्महत्या गरेका हुन् । उनी गत असार ३१ गतेबाट वडा नम्बर ९ स्थित बुद्धोदय माविको क्वारेन्टाइनमा बसिरहेका थिए । फागुनमा दिदीको घर बुटवल गएका उनी लकडाउनका कारण घर फर्किन नपाएपछि असार ३१ गते जसोतसो लमजुङ फर्किएर क्वारेन्टाइनमा बसेको स्थानिय स्वास्थ्य चौकीले जनाएको छ । एक्लै क्वारेन्टाइनमा बसिरहेका उनलाई शुक्रबार भने मृत अवस्थामा भेटिएको थियो ।
स्वास्थयचौकीका अनुसार उनलाई भान्सा कोठामा मृत अवस्थामा झुन्डिएको फेला पारिएको थियो । अहिले उनको परिक्षणका लागि पिसिआर स्वाब लिन स्वास्थ्य कर्मी खटाइएको छ ।