०१ साउन, काठमाडौंः
बाँके जिल्लामा सलहको निकै ठूलो झुण्ड प्रवेश गरेको छ ।
जिल्लाको कृषि ज्ञान तथा अनुसन्धान केन्द्रका प्रमुख सागर ढकालका अनुसार बाँकेको विभिन्न ठाउँमा सलहको निकै ठूलो झुण्ड देखा परेको छ । अहिले उक्त झुण्ड वैजनाथ गाउँपालिकामा रहेको उनले बताए ।
पाकिस्तानबाट भारत हुँदै हिजो बुधबार र आज नरैनापुर र डुडुवा गाउँपालिकामा अधिक मात्रामा किसानले लगाएको खेतको मकै र धानमा सहलले क्षती पुर्याएपछि अहिले सलहको झुण्ड बैजनाथ गाउँपालिका पुगको ढकालले बताए । उनका अनुसार नरैनापुर र डुडुवा गाउँपालिकामा लगाइएको खेतीबालीमा २० प्रतिशत क्षती सलहले पुर्याएको छ ।
बैजनाथ गाउँपालिकामा सहल पुगेसँगै किसानहरुले थान, टिन लगायत ठटाएर सलहलाई भगाउने प्रयास गरिरहेका छन् ।