१ साउन, काठमाडौंः
विभिन्न कारणले विदशेमा अलपत्र परेका नेपालीहरुलाई सरकारले आफ्नो खर्चमा उद्धार गर्ने भएको छ ।
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गई कोरोना भाइरसको कारण अलपत्र परेका नेपालीलाई सरकारले आफ्नो खर्चमा उद्धार गर्न लागेको हो । कोभिड १९ को विश्वव्यापी महामारीका कारण विभिन्न देशमा अलपत्र परेका नेपालीलाई फिर्ता गर्ने बारेको निर्देशिका २०७७ जारी गर्दै मन्त्रिपरिषद्ले आफ्नो खर्चमा नेपाल फर्काउन लागेको हो ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार कोरोना कहरका कारण अलपत्र परेका नेपालाीलाई वैदेशिक रोजगारी प्रवर्द्धन कोषको रकमबाट नेपाल फिर्ता ल्याउन लागिएको बताए ।