१ साउन, काठमाडाैं :
सिरहाको कल्याणपुर नगरपालिकाको मेयर सूर्यनाथ मण्डलको छोरा सन्त मण्डलले ५ लाख रुपैयाँ घूससहित पक्राउ परेका छन् ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासको टोलीले लहान नगरपालिका २२ स्थित एक निर्माणधीन पेट्रोल पम्पबाट पक्राउ गरेको हो ।उनका साथी जितेन्द्र महतोलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ ।
अख्तियारको बर्दिबासस्थित कार्यालयका सूचना अधिकारी मणिराज ज्ञवालीले अख्तियारको टोलीले दुवै जनालाई योजना डीपीआर गरेको भुक्तानी विषयमा सेवाग्रहीसँग घूस लिँदालिँदै समातिएका बताएका छन्।
लहानमा सेवाग्राहीसँग कमिसनबापत नगद ५ लाख रुपैयाँ बुझेर कल्याणपुर फर्किने क्रममा लहान नगरपालिका–२२, राजदेवी चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।