०१ असार, काठमाडौैंः
क्वारेन्टाइनमा बसेका एक कोरोना संक्रमितमाथि प्रहरीले कुटपिट गरेका छन् । सुर्खेतमा एक प्रहरीले स्थानीय विद्यालयमा बसेका कोरोना संक्रमितलाई कुटपिट गरेका हुन् ।
प्रहरीको कुटपिटबाट संक्रमित युवकको हात भाँचिएको छ । सर्खेतको सिम्ता गाउँपालिकामा रहेको बागेश्वरी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका युवकलाई त्यहाँका प्रहरी सहायक निरिक्षक विजय पुनले कुटपिट गरेका हुन् ।
पिडितका अनुसार उनका साथीहरुले भाग्न खोजेको भन्दै उनीमाथि प्रहरीले कुटपिट गरेका थिए । गत सोमबार उनीमाथि पुनले कुटपिट गरेको खुलासा भएको छ । संक्रमित युवकले भने, ‘साथीहरु अलिकति अगाडी मात्रै जानु भएको रहेछ । तर, मलाई उनीहरु भागेको भन्दै कुटियो ।’
उक्त संक्रमित व्यक्ति दुई साता अघि भारतबाट नेपाल आएका थिए । नेपाल आएपछि उनी सिम्ता गाउँपालिकाको विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका थिए ।