१ साउन, काठमाडौंः
भारतमा कोरोना संक्रमितको संख्या ९ लाख ६८ हजारभन्दा बढि भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा थपिएका कोरोना भाइरसको संक्रमितसँगै भारतमा कोरोना संक्रमितको संख्या यति भएको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल ३२ हजार ६९५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
थपिएका नयाँ कोरोना संक्रमितसँगै भारतमा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या कुल ९ लाख ६८ हजार ८ सय ७६ रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, भारतमा पछिल्लो २४ घण्टामा ६ सय ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २४ हजार ९ सय १५ पुगेको छ ।
कोरोना संक्रमणमुक्त भई घर फर्किनेहरुको संख्या ६ लाख १२ हजार ८ सय १५ रहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।