लकडाउनमा कैयौँ मानिसहरूले आफ्नो वियोगान्त प्रेम प्रसङ्गहरू सम्झिए। कतिले आफ्नाो पूर्वप्रेमी वा पूर्वप्रेमिकाको खोजीसम्म डोर्यायो।
कसैले फेरि भेटे त कसैको भाग्यमा फेरि पनि पीडा नै आयो।
बीबीसी न्यूजमा प्रकाशित प्रेमसम्बन्धी समाचार पढेर पाठकहरूले आफ्नो लकडाउन प्रेमकथा पठाएका छन्।
ती लकडाउन प्रेमकथाबाट छानिएका केही अनुभवहरू:
मेरी पूर्वप्रेमिकासँग मे महिनाको सुरुमा सम्पर्क भयो।
ह्वाट्सएपमा ‘हाई’ भन्ने सन्देश आयो। उनले जोखिम उठाएकी थिइन्।
तर मैले पछिल्लो आठ वर्षमा नम्बर परिवर्तन गरेको थिइन। उनी सही ठहरिइन्।
हामी सन् २००९ मा एक वर्ष सँगै थियौँ, त्यसपछिका केही वर्ष जटिलतामा बित्यो। त्यही सामान्य सन्देशसँगै हामी छ हप्तादेखि कुराकानी गरिरहेकाछौँ।
भिडिओ वार्ता र सन्देश आदानप्रदानमात्र होइन लकडाउनमा पनि एकपटक त भेट पनि गर्यौँ।
नराम्रो विगतलाई लिएर हामीले एकअर्कालाई माफ गरिदिएको जस्तो लाग्छ।
दुवैको उमेर बढेको छ, थप परिपक्व भएका छौँ र गल्तीहरू स्वीकार गर्ने भएका छौँ।
SOMSARA RIELLY
पछिल्ला दिनहरू निकै तीव्र रूपमा अघि बढेका छन्। तर भविष्यबारे अनुमान गर्नु हतारो हुन्छ।
परिस्थितिले हामी एकसाथ हुने सम्भावना देखाएको छ। तर हामी फेरि पूर्णकालीन काममा फर्किएपछि अवस्था के हुन्छ भनेर हेर्ने र पर्खिने निधो गरेका छौँ।
महामारीले दु:ख र कष्ट निम्त्याएको छ तर केही हदसम्म कहिल्यै छुट्टिन नहुने दुई व्यक्तिको मिलन पनि गराएको छ।
माइकल, यूके
मैले क्षमा दिएँ भन्न पूर्वप्रेमीलाई सम्पर्क गरेँ जोसँग १५ वर्षअघि पाँच वर्ष मैले सँगै बिताएको थिएँ।
वास्तवमा उनले खास नराम्रो केही गरेका थिएनन्। त्यसबेला मेरो मुटु छियाछिया भएको थियो। उ पीडा बोकेर गएको थियो।
त्यसलाई उसले सधैँ त्रासदीको रूपमा महसुस गरेको मलाई थाहा थियो।
तीन सन्तानकी आमा म। १० वर्षअघि बिहे गरेँ।
उ बल्ल पारिवारिक जीवनको आरम्भमा छ। मैले उसप्रति गहिरो, सम्भवत: चीरस्थायी, न्यायो माया र लगाव महसुस गर्छु।
कोभिड-१९ सुरु भएपछि मलाई लाग्यो, हरेक मानिस भाइरसबाट अछुतो रहन सक्दैन र मैले उनलाई भन्न चाहेँ कि मैले उनलाई क्षमा गरिसकेँ।
SOMSARA RIELLY
मैले उनलाई हामी सँगसँगै भएको त्यो विगतबाट रचनात्मक स्मृति बटुलेको बताएँ र मलाई जानकारी भएको उनको मनको बोझबाट उनलाई प्रारम्भिक रूपमा मुक्त गरेँ।
उनको प्रतिउत्तर खुला, कमजोर, प्रेमपूर्ण र आभारपूर्ण थियो। मैले चिन्ने बेला उनी भावनात्मक रूपमा खुला थिएनन्। त्यति कुराले उनको निम्ति त्यति धेरै महत्त्व राख्छ भन्ने ठानेकी पनि थिइन।
त्यसपछि हाम्रो सम्वाद खुला भएको छ जहाँ मैले उनलाई सहयोग गर्न सक्छु।
हामीमध्ये एकजनाको अप्रत्याशित रूपमा मृत्यु भयो भने ती अनुभव अब हाम्रो जीवनको सकारात्मक र प्रेमपूर्ण अंश बन्न पुगेका छन्।
क्याटी , न्यू साउथ वेल्स, अस्ट्रेलिया
दुई वर्षअघि मैले सम्बन्धबिच्छेद गरेका पूर्वपतिबाट लकडाउनमा क्षमायचना गरिएको ह्वाट्सएप सन्देश पाएँ।
उनी पानीजहाजमा नौसैनिक सहकर्मीसँग प्रेममा थिए। उनीहरू मैले थाहा नपाउँदा र उनलाई नभेट्दासम्म प्रेमसम्बन्ध लुकाउन सफल थिए।
म दुई वर्षको छोरासँगै घरमा उनी आउने प्रतीक्षामा थिएँ। सम्बन्धबिच्छेदको निवेदन दिँदासम्म हामी १० वर्ष सँगै रह्यौँ।
उनी प्रेमिकासँगै गए र हामीलाई त्यागे। त्यो मेरो निम्ति पीडादायी थियो।
तर मैले मेरो भवनालाई मेरो निम्ति घातक हुन दिइन। उनले कहिल्यै त्यसबारे विस्तृतमा भनेनन् र आफ्नो कदमप्रति क्षमा मागेनन्।
त्यो पीडाबाट निस्किनु मेरो निम्ति कष्टपूर्ण रह्यो र लामो समय लाग्यो।
ती महिलाले १८ महिनामा उनलाई छाडेपछि उनको घमण्ड टुटेको र गलत गरेको महसुस भएको होला भन्ने मेरो आशा थियो।
दुई साताअघि सबै कुराको निम्ति आफू निकै दुखी रहेको भन्ने उनको सन्देश पाएँ। मैले उनलाई माफ तर गरिन तर उनले केही सम्मान फिर्ता पाए।
डेबोरा, प्लेमथ, यूके
लकडाउनको धेरै समय मैले आफ्नो विगत हेरेँ। किशोरावस्थाका भावुक तीन वर्षपछि आफ्नो बाँकी जीवन अब मसँग बिताउन नचाहेको निर्णय सुनाएका पहिलो प्रेमीबारे सोचेँ। जोसँग मेरो फेरि कहिल्यै कुरा भएको थिएन।
हालसालै मलाई उनीसँग सम्पर्क गर्न मन लाग्यो।
विगतको समीक्षा गर्दै उनलाई भन्न चाहन्थेँ कि अलग बाटो हिंड्ने त्यो निर्णय सही थियो र म खुशी छु र उनी पनि खुशी छौँ भन्ने आशा छ।
तर मलाई थाहा भयो उनी बितेछन्।
यदि कसैलाई नराम्रो हुन्न भने सम्पर्कमा रहनुहोस्। मैले जस्तो ढिलो नगर्नूस्, मैले त ६२ वर्ष पो पर्खिएछु।
म्यारिओन, नोरिच, यूके
-बीबीसीबाट