३१ असार, काठमाडौंः
यस वर्षको नेपालभरका करिब ६० प्रतिशत स्थानीय तहहरुले समयमा बजेट ल्याउन असफल भएका छन् । नेपालभरका ७ सय ५३ स्थानिय सरकारमध्ये ६० प्रतिशतभन्दा बढिले निर्धारित समयमा बजेट ल्याउन असफल भएको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।
असार मसान्त सम्म बजेट ल्याउन सफल भएका स्थानीय तहहरु ४० प्रतिशत मात्रै रहेको नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभरका ४ सय ५२ वटा स्थानीय तहले बजेट ल्याउन असमर्थ रहेको देखिएको छ ।
मन्त्रालयको मापदण्ड अनुसार हेर्ने हो भने असार १० गते भित्रमै बजेट प्रस्तुत भएको हुनपर्छ । तर, यस वर्ष ४० प्रतिशत भन्दा कमले मात्रै समयमा बजेट ल्याएको देखिएको छ ।