३१ असार, काठमाडौंः
बुधबार गण्डकी प्रदेशका थप २५ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
गण्डकी प्रदेशका पाँच जिल्लामा थप २५ जना कोरोना संक्रमित पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिएका संक्रमितहरुमा पूर्वी नवलपरासीमा ११ जना , म्याग्दीमा ९ जना , तनहुँमा ३ जना तथा गोरखा र कास्कीमा एकएक जना रहेका छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमितको संख्या १ हजार २२८ पुगेको छ ।