३१ असार, काठमाडौं :
झापाको मेचीनगर नगरपालिका–९ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर मंगलबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ६४ वर्षीय बद्रीप्र्रसाद थपलिया रहेका छन् ।
खेतमा पानी मिलाउने क्रममा आफैँले हात्ती धपाउन थापेको विद्युतीय पासोमा परी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। सोमबार बेलुका ५:४५ बजेको समयमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको थियो।
मृतकको मेची अञ्चल अस्पतालमा शवपरीक्षणपछि मंगलबारै दाहसंस्कार गरिएको छ।