३१ असार, काठमाडौंः
केही दिनदेखि अविरल परिरहेका वर्षासँगै आएको बाढीका कारण सप्तरीका घरहर डुवानमा परेका छन् । ती डुबानमा परेका सप्तरीका घरहरु भत्किन थालेका छन् ।
लगातार चार दिनदेखि परिरहेको वर्षाका कारण सप्तरीका घरहरु डुबानमा परेका हुन् । डुवानमा परेका घरहरु भत्किन थालेका हुन् । प्रहरीका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु डुवानमा परेका छन् । प्रहरीका अनुसार यी घरहरु भत्किएर क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडोखोलाले भत्काएको छ । घर भत्किएसँगै तीन जनाको घर परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।