३० असार, काठमाडौंः
कर्णाली प्रदेशमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्किएर क्वारेन्टाइनमा बसेका सबैको कोरोना परिक्षण हुने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएर क्वारेन्टाइनमा बसेको कम्तिमा पाँच दिन भएकाहरुको पिसिआर परिक्षण गर्न लागिएको हो । कर्णाली प्रदेशको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीका अनुसार उनीहरुले क्वारेन्टाइनमा बसेको पाँच दिन भएको भए पिसिआर परिक्षण गरिने भएको हो ।
अवस्थीका अनुसार पिसिआर परिक्षणका लागि नमुना संकलन गरि प्रयोगशाला पठाउन आवश्यक पहल भईरहेको छ । निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको र आवश्यक काम थालिएको उनले बताए । उनले भने, ‘आगामी १५ दिनभित्र नमुना परिक्षण सुरु गर्ने योजना गरेका छौं ।’
अहिले सुदुर पश्चिममा विभिन्न ठाउँको क्वारेन्टाइनमा ६ हजार १ सय ९१ जना बसेका छन् ।