३० असार, काठमाडौ
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खसेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । मंगलबार बिहानै पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो।
पहिरोसँगै खसेको रुखले बा१४च ७०२० नंको कार र ना६ख १५५९ नंको ट्रक च्यापिएको प्रहरीले जनाएको छ । तर, पहिरोका कारण कुनै पनि मानवीय क्षति भने हुन नपाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जनाए।
सडक अवरुद्ध भएकाले सडकमा सवारी साधनको लामो लाइन लागेको छ ।