२९ असार, काठमाडौ
सुन्दर यातायातले लकडाउन अगाडिकै भाडामा ४ वटा बिजुली गाडी चलाउने भएको छ।
आधा मात्र यात्रु हाल्न पाइने हुनाले सरकारले ५० प्रतिशत धेरै भाडा लिन पाउने निणर्य गरे पनि आफूहरू पुरानै भाडामा गाडी चलाउने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए। सुरक्षित स्वास्थ्य सुरक्षा अपनाइने उनको दावी छ।
२ वटा पुरानै रुटमा र २ वटा नयाँ रुटमा यातायात सेवा सञ्चालन गर्न लागिएको छ।
यातायात समितिले घातक किटाणुबाट जोगाउन प्रत्यक दिन गाडीलाई स्यानिटाइज गरिने र प्रत्येक ट्रिपपछि पनि हाते पम्पबाट स्प्रे गर्ने बताएका छन्।