२९ असार, काठमाडौंः
कोरोना भाइरसको संक्रमणका कारण मेक्सिकोमा मृत्यु हुनेको संख्या ३५ हजार नाघेको छ ।
मेक्सिकोको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म मेक्सिकोमा ३५ हजार ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मेक्सिकोमा २ सय ७६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा मेक्सिकोमा कुल चार हजार ४ सय ८२ जनाको कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।