२९ असार, काठमाडौंः
कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि सरकारले जारी गरेको लकडाउन केही खुकुलो भएसँगै उपत्यकामा मयुर यातायातका बसहरु चल्न थालेका छन् ।
केही दिनअघि नेपाल सरकारले सार्वज्निक यातायातलाई चल्न अनुमति दिएपनि व्यवहायीहरुले भने गाडी संञ्चालन गर्न मानेका थिएनन् । तर, मयुर यातायातले भने आजबाट आफ्नो सेवा सुरु गरेको छ । मयुर यातायातले आज सोमबारबाट काठमाडौं उपत्यका भित्र यातायात सेवा दिन सुरु गरेको हो ।
मयुर यातायातले आफ्नो चार वटा बसलाई सञ्चालनमा ल्याएको छ । सरकारले तोकेको मापदण्ड अनुसार यातायात संञ्चालनमा ल्याएको यातायात कम्पनीले जानकारी दिएको छ । बाँकी रहेका अन्य ४० भन्दा बढि मयुर यातायातका बसहरु मर्मत गरेपछि पुनः सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ ।