२९ असार, काठमाडौंः
केही समयअघि प्रसारणमा बन्द लागेका भारतीय च्यालनहरुको प्रतिबन्द खुल्ला गरिएको छ । चार वटा च्यानलमा प्रतिबन्द कायम नै राख्दै अन्य च्यालनमाथिको प्रतिबन्द हटाइएको नेपालका केवल अपरेटरहरुको समितिले बताएको छ ।
केवल अपरेटरहरुको आइतबार बसेको वैठकका अनुसार जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलमा प्रतिबन्द कायम नै राखेर अन्य च्यानलमा लगाइएको प्रतिबन्ध हटाइएको छ । प्रतिबन्द हटाइएका च्यानलहरुको प्रसरण हिजै रातीबाट सुरु भएको अपरेटरहरुले जानकारी दिएका छन् ।
केही समयअघि भारतीय च्यालनहरुले नेपाल र नेपालका प्रधानमन्त्रीसँग चिनियाँ राजदुत हाउ यान्छीलाई जोडेर अतिरञ्जित, भ्रामक तथा औचित्यहिन सामग्री प्रसारणमा ल्याएका थिए । सोसँगै नेपालका केवल अपरेटरहरुले भारतीय न्युज च्यालनमाथि प्रतिबन्द लगाएका थिए ।