२९ असार, काठमाडौंः
भारतमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतभर गरि कुल २८ हजार ७ सय १ जना नयाँ संक्रमित फेला परेका थिए । थपिएका संक्रमितसँगै भारतमा हालसम्म कोरोना संक्रमणको पुष्टि हुनेको संख्या ८ लाख ७८ हजार २ सय ५४ पुगेको छ ।
त्यस्तै, भारतमाकोरोना भाइरसका कारण २३ हजारभन्दा धेरैको मृत्यु भएको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा कुल पाँच सय जनाको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म मृत्यु हुनेको संख्या २३ हजार १ सय ७४ पुगेको छ ।