कोरोनाले विश्व आक्रान्त भएको अहिलेको अवस्थामा विश्वमा कोरोनाका कारण भएका हरेक गतिबिधिहरु हामीले सामाजिक सन्जाल मा पढियो हेरियो । कतै बाटो भरि पैसा त कतै कोरोना लागेकै कारण आत्महत्या लगायत धेरै उतारचढाव हरु देखिए संगै यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नु सामान्य नै मान्नु पर्छ । दुनियामा पैसा भएर मात्र पनि केहि हुन्न रहेछ भन्ने गतिलो शिक्षा यो कोरोनाले दिएको छ । यदि पैसा र शक्ति ले कोरोना बाट बच्ने भए सायद अमेरीका जस्तो मुलुक यस्तो महामारीमा फस्ने थिएन होला । गांउ छाडेर शहर पस्ने अनि गांउको अर्ग्यानिक खानपिन लाइ छोडेर सहरिया खानपिन मा रमाउन थालेका हामी अधिकांश नेपालीलाइ पनि कोरोना ले गाउं नै ठिक रहेछ अनि गाउंकै पानी र गाउं कै खानपान ठिक रहेछ भन्ने पाठ पनि सिकाएको छ र गाउंको तुलनामा शहरमा संक्रमण पनि धेरै देख्न सकिन्छ ।
मद्यम बर्गीय परिवारमा जन्मेको म आफ्ना असिमित आवश्यकतालाई केही हदसम्म पुरा गर्न र बिग्रेको ब्यवहारलाई सुधार्न परदेशिएको म आफ्नो भाग्य अनि देशको सिस्टम ले बिगत नौ महिना देखि अलपत्र परेर यु ए इ मा बसेर एन आर एन यु ए इ तथा राजदुतावास अनि पत्रकार हरुको बिशेष पहलमा नेपाल आउन सफल भएर आफ्नो स्थानिय क्वारेन्टिन झापाको अर्जुनधारा नगरपालिका को क्वारेनटिन शनिश्चरे मा बि मा आइपुगें ।
असार ९ गते बेलुका म यस शनिस्चरे माध्यमिक बिध्यालय को क्वारेन्टिन मा आएको थिंए । सामाजिक सन्जाल मा धेरै देखेको थिए सुनेको थिए यस क्वारेन्टिन को बारेमा तर यो अवस्थामा भने प्रत्यक्ष अनुभव गर्ने मौका पाए मैले । नेपालको नै नमुना क्वारेनटिन भन्ने सुनेको थिए जब म त्यहां दिन बिताउन थाले तव मलाइ पनि लाग्न थाल्यो कि सामाजिक सन्जालमा हरेक ठाउंको क्वारेन्टिन यस्तो उस्तो यसो भयो उसो भयो भन्ने सुन्नमा आइरहन्थ्यो तर यो त सांचिकै पारिवारिक वातावरण भएको अनि नगरपालिका देखि लिएर स्थानिय समाजसेवी ,सघ सस्था , पत्रकार सबैले नेपाल को उत्तम क्वारेन्टिन बनाउन भरमग्दुर प्रयास गरेको पाएं र त्यो प्रयास सार्थक हुदै गएको पनि एकै दिन ४२ जना नेगेटिभ रिपोर्ट आएर घर फर्कनु लाइ लिन सकिन्छ ।
क्वारेन्टिन को ११ दिन को बसाइलाइ स्मरण गर्दा यस अर्जुनधारा नगरपालिका का मेयर ज्यु लाइ सम्झनै पर्ने हुन्छ , वहां कै नेतृत्व अनि सम्पुर्ण टिम को सकृय सहभागिता ले नै यो सम्भव भएको हो जस्तो मलाइ लाग्दछ । जनपथ प्रहरी दिपक सर भुल्नै नसक्ने पात्र हुनुहुन्छ । वहांको पि टि अनि वहांको बोलाइ हसाइ जोक्स ले हामिलाइ क्वारेन्टिन मा छौं भन्ने आभास नै गर्न दिएन भने ए पि एफ का ठकुरि सर पनि सम्झन योग्य रहनु भयो , वहा को अनुशाशन सम्बन्धि को शिक्षा ,निति नियम को पालना ले पुरै क्वारेनटिनलाई अनुशाशित र मर्यादित बनाएको कुरा सम्झना योग्य रहयो । त्यसैगरी स्वास्थ्य टिम का सर मेम हरु जो बिहान ६ बज्दा ज्वरो नाप्न हाजिर हुने अनि फेरि १२ बजे र बेलुका ५ बजे ज्वरो नाप्नुका साथै औषधि मास्क लगायत दैनिक आवस्यक सामान को वितरण प्रशंशायोग्य रहयो भने यस अर्जुनधारा नगरपालिका स्वास्थ्य प्रमुख मुकुन्द बस्नेत ज्यु को त जति नै प्रशंशा गरेर पनि कम्ति नै हुन्छ । हरेक कोठा को सरसफाइ सेनिटाइज गर्न आफै स्प्रे बोकेर नडराइ हरेक कोठा कोठा जाने अनि हाम्रा हरेक समस्याको तुरुन्तै समाधान गर्ने अनि वहांको पोजेटिभ र मिठो सुझाव सल्लाह पनि हामी नेगेटिभ हुनुको प्रमुख उपचार हो भन्ने मलाइ लाग्यो । हामिलाइ टेम्पु मा हरेक दिन बिहान ७ बजे नास्ता अनि १० बजे खान फेरि २ बजे नास्ता र बेलुका ७ बजे खाना ल्याउने दाइ अनि त्यो खाना र तातो पानी बितरण गर्ने मेम हरु को सेवा पनि सम्झन योग्य नै थियो । योग गुरु डा . रमेश पोख्रेल ज्यु को योगा र नैतिक शिक्षा ले हामीलाइ क्वारेन्टिनमा होइन कहि उच्च शिक्षाको लागी प्रशिक्षण गराइंदै छ भन्ने आभास हुन्थ्यो ।
स्थानिय समाजसेवी तथा पत्रकार रमेश समदर्शि ज्यु अझ सम्झन योग्य रहनुभयो । हरेक दिन बिहान देखि बेलुका सम्म क्वारेन्टिन मा नै रहेर सबैको केयर तथा ब्यवस्थापन मा खटिइ रहनुभयो भने सामाजिक अभियन्ता तथा समाजसेवि कमल पोख्रेल ज्यु हरेक दिन कहिले नास्ता को ब्यवस्था कहिले टि सर्ट को ब्यवस्था अनि कहिले मास्क त कहिले प्याड अनि कहिले टाढा जाने लाइ यातायात को ब्यवस्था हरपल हाम्रो सेवामा समर्पित रहि रहनु भयो भने समाजसेवी तथा सामाजिक अभियन्ता बिस्णु आचार्य ज्यु तथा भरत यादव ज्यु को साथ सहयोग अनि असार पन्ध्र को दहि चिउरा लगायत का सहयोग अविस्मरणिय रहयो । सबैको नाम त मैले जानिन तर त्यहा हाम्रो सेवामा जति खटिनु भएको थियो सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मी तथा ब्यवस्थापन टिम सबैको सक्षम उपस्थिति ले नै यस शनिस्चरे क्वारेनटिन लाइ नेपालको नमुना क्वारेनटिन बनाउन सफल बनाएको छ ।
क्वारेन्टिन को ११ दिनको बसाइमा धेरै साथीहरुसंग पनि सङगत भयो र वहांहरुको पोजिटिभ सोचाईले नै हामी नेगेटिभ भएर क्वारेनटिन बाट होम क्वारेन्टिन मा आउन धेरै सहयोग गर्यो । यु ए इ बाट माधव तामाङ भुल्नै नहुने नाम शिक्षित , सालिन सधै पोजेटिभ मात्र सोच्नु हुने तर प्राबिधिक कारणले हामीसंगै बाहिर आउन नसके पनि २/३ दिन भित्र अवस्य आउनुहुनेछ । अनिल लम्साल इन्जिनियरिङ का बिध्यार्थी वैंगलोर भारत बाट आउनु भएका र पोजिटिभ थिन्किङ तथा शरीरलाइ ब्यस्त राख्नु पर्छ भनेर हरपल नृत्य गर्ने र नृत्य गर्न प्रोत्साहन गर्ने सधै हांसीरहने पोजेटिभ सोचाई अनि हाम्रो दिपक छेत्रीको कुरा नै नगरौं कतार बाट आएर हामी साथमा थियौं भने मलेसिया बाट आउनुभएका सिधान्त भट्टराइ सधैं हसाइ राख्ने अनि कृस्ण दास , हाम्रा अरु साना भाइ हरु सबैलाइ मिस गरेको छु र बिशेस केसव भाइ साउदीबाट आएर हासियो बोलियो रमाइलो गरियो पोजिटिभ थिन्किङ बढाइयो खुसि लाग्छ । पोजिटिब बनाउने मेरो सह क्वारेन्टिन यात्री भारत चेन्नइ बाट आउनु भएको श्रेया मेम को जति नै तारिफ गरे पनि कम नै हुन्छ नाच्न गाउंन अनि योगा देखि बिहानको वाल्क मा पनि सकृय भएर वहांको सङगतले हामीलाइ कहिले एक्लो पन हुन दिएन भने सधै पोजेटिभ थिन्किङ लाइ प्रोत्साहन गरी रहयो वहां सम्झन योग्य रहनु भयो भने कुवेत बाट आउनु भएको बहिनी जुनु पनि सधैं हासेर नाचेर क्वारेन्टिन बसाइ लाइ पोजिटिभ बनाउनु हुनेमा पर्नु हुन्छ र सबैलाइ धेरै मिस गरेको छु र होम क्वारेनटिन सकेर अवस्य फेरि एकपटक जाने छु शनिस्चरे क्वारेनटिनमा । हामी जति पनि थियौं सबै लाइ सम्झना अनि stay safe आफु पनि सुरक्षित रहौं र परिवार लाइ पनि सुरक्षित राखौं ।
रमेश बुढाथोकी
-अर्जुनधारा झापा