२१ असार, काठमाडौंः
पौडि खेल्न जाँदा खोलाले बगाएर बेपत्ता भएकी ६ वर्षिया बालिका मृत भेटिएकी छिन् ।
हिजो शनिबार मोरङको कटहरी गाउँपालिका ७ बस्ने प्रधुम्ना सरदारकी ६ वर्षीया छोरी दिक्षाकुमारी सरदार पौडि खेल्न गएकी थिईन् । दिउँसो तीन बजे जुडी खोलामा पौडी खेल्ने क्रममा बालिकालाई खोलाले बगाएको थियो । हिजो प्रहरी र स्थानीयले खोज्दा पनि उनी भेटिएकी थिईनन् ।
आज आइतबार बाँसको झ्याङमा अल्झिरहेको अवस्थामा फेला परेकी छिन् ।बिहान थलाहा ब्यारेकबाट नेपाली सेनाको २५ जना, सशस्त्र प्रहरीको १५ जनाको टोलीले खोजी गर्न सुरु गरेको थियो । बगेको स्थान भन्दा ३ किलोमिटर दक्षिणतिर बाँसको झ्याङमा बालिकालाई मृत भेटिएको छ ।