२१ असार, काठमाडौं:
नेपाल कम्युनिस्ट पार्टीका तीन पूर्वप्रधानमन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता समयमा हुन सकेको छैन।
पार्टी विवाद समाधानका लागि प्रधानमन्त्री ओली र प्रचण्डबीच बिहान ११ बजे भेट्ने निर्णय भएको थियो।
प्रधानमन्त्री ओलीले मन्त्री तथा राज्यमन्त्रीको भेटमा राष्ट्रपति भण्डारीलाई महाभियोग लगाउने तयारी भएको आरोप लगाएका थिए। तीन शीर्ष नेता महाभियोग लगाउने तयारी नभएको स्पष्टिकरण दिन शितलनिवास पुगेका थिए ।