२१ असार, काठमाडौं
यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने निर्णय भएको छ ।
वैशाख २१ गतेबाट गर्ने तय भएको परिक्षा, कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण हुन सकेन ।
अब आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइनेछ ।
विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ ।