२१ असार, काठमाडौंः
मकवानपुरमा १ सय २८ किलो गाँजा सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय २८ केजी लागू औषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।
कमवानपुर इलाका प्रहरी कार्यालयका प्रवक्ताका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीले हिजो शनिबार शनिबार बिहान ५ बजे हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्याङ्करमा लुकाईछिपाई लागू औषध गाँजा ओसार पसार गरिँदै छ भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको बताएको छ ।
पक्राउ पर्नेमा ट्याङ्करका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३० बस्ने २७ वर्षीय एनामुलहक देवान र सह–चालक सोही स्थान बस्ने २४ वर्षीय मोहरवान अन्सारी रहेको प्रहरीले जनाएको छ ।