२० असार, पोखरा
पोखरा, नयाँ बजारमा दुई वटा मोटरसाइकल एकआपसमा जुध्दा आगलागी भएको छ।
महेन्द्रपुलबाट पृथ्वीचोक जाने क्रममा पोखरा २७ रिठेपानीका २५ वर्षे इच्छा गुरुङले चलाएको ग १६ प ४४४१ र सुरेन्द्र सुनारले चलाएको ३८६१ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
शनिबार दिउँसो करिब साढे ३ बजे पोखरा नयाँबजारस्थित बृहस्पति आयल स्टोर नजिक दुर्घटना भएको थियो ।दुर्घटनामा परी मोटरसाइकलमा सवार चार जना सामान्य घाइते भएका छन्।
दुर्घटनापछि दुबै मोटरसाइकलमा आगो लागेको थियो । पोखरा महानगरपालिकाले जलेको मोटरसाइकलको आगो निभाउन दमकल प्रयोग गरिको थियो। दुवै मोटरसाइकल पूर्ण रुपमा जलेका छन् ।