२० असार, काठमाडौंः
कैलालीमा होम क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ ।
कैलालीकोे गोदावरी नगरपालिका वडा नम्बर १० मा होम क्वारेन्टिनमा बसेकी ४८ वर्षकी एक महिलाको मृत्यु भएको हो । वडा नम्बर १० का अनुसार रवीन्द्र शाहीका अनुसार महिलमा हिजो राति स्वास्थ्यमा समस्या आएको थियो । हिजो राती नै उनको मृत्यु भएको शाहीले बताए ।
मृत्युपछि भने उनको कोरोना परिक्षणका लागि स्वाब नमुना संकलन गरिएको छ । भारतबाट गत जेठ २६ गते नेपाल आइपुगेकी उनी आफ्नै घरमा होम क्वारेन्टाइनमा थिईन् । अध्यक्ष शाहीका अनुसार महिलामा प्यारालाइसिस र रक्तचापको समस्या थियो ।