२० असार, काठमाडौंः
बझाङ जिल्लामा गएको पहिरोमा तीन जनाको शव भेटिएको छ । हिजो जिल्लाको केदारस्युँ गाउँपालिका ८ मा पहिरो जाँदा एउटा वस्ती नै बगाएको थियो । उक्त पहिरोमा पनि बेपत्ता भएकाहरुमध्ये तीन जनाको शव भेटिएको हो ।
भेटिएका शवहरुमा एउटै परिवारका ५० वर्षीया राममती जेठारा, उनका छोरा १३ वर्षीय प्रयाग जेठारा र छोरी सात वर्षीया अस्मिता जेठारा रहेको प्रहरीलेजनाएको छ ।
नियमित परिरहेको वर्षाका कारण गाउँ माथिबाट आएको पहिरोका कारण हिजो राती केदारस्युँ गाउँपालिका ८ मल्लेसीका १७ वटा घर बगाएको थियो । प्रहरीका अनुसार पहिरोमा परि अझैं मानिस बेपत्ता रहेका छन्। उनीहरुको खोजी जारी रहेको छ ।