–गीता पाण्डेय (बिबिसीबाट )
कोरोना भाईरस (कोभिड १९ ) विरुद्धको लडाईंमा मानिसको परिक्षणको कमजोर तथ्यांक भएकोमा भारतको चर्को आलोचना भईरहेको छ । आफ्नो सन्तानलाई जन्म दिनु अगाडी कोरोना संक्रमणको परिक्षण किट तयार गर्ने भाईरोलोजिष्टलाई धन्यवाद, जसको कारणले यो सम्भव हुँदैछ ।
पहिलो पटक भारतमा बनेको कोरोना संक्रमण परिक्षण किट बजारमा पुगेसँगै फ्लुका लक्षण देखिएका विरामीमा कोरोनाको संक्रमण भए नभएको परिक्षणमा बृद्धि हुने आशा जागेको हो । पुनाको पश्चिममा अवस्थित माईल्याब डिस्कबरी परिक्षण किटको उत्पादन र बिक्री वितरण गर्न अनुमति पाउने पहिलो फर्म बनेको छ । यो हप्ता मात्रै यस कम्पनीले पुणे, मुम्बई, डेल्ली, गोवा र बेङ्गलोर लगायत ठाउँमास्थित ल्याबहरुमा १५०को संख्यामा परिक्षण किटको पहिलो उत्पादन पठाएको हो ।
‘हाम्रो उत्पादन युनिटले सप्ताहातमा पनि काम गरिरहेको छ, र अर्को ब्याच सोमबार पठाईने छ ।’ माईल्याबका चिकित्सा मामिलाका निर्देशक डा. गौतम वानखेडेले शुक्रबार भने । एचआईभी, हेपटाईटिज बि र सि सँगै अन्य थुप्रै रोगका परिक्षण किट उत्पादन गर्ने आणविक उपचार कम्पनीले आवश्यक परेमा १ लाखसम्म वितरण तथा २ लाखसम्मको संख्यामा कोरोना भाईरस कोभिड १९ को परिक्षण किट उत्पादन गर्न सक्ने बताएको छ ।
माईल्याबको एउटा परिक्षण किटले १०० जनामा कोभिड १९ को परिक्षण गर्न सक्छन, र यसको मुल्य भारतीय रुपैया १२ (१६ अमेरिकी डलर वा १३ युरो) मात्रै पर्छ । यो मूल्य भारतले आयत गर्ने किटको मुल्य ४५०० को एक चौथाई मात्रै हो ।
भाईरोलोजिष्टले पहिले किट जन्माईन, अनि बच्चा
‘हाम्रा परिक्षण किटले कोभिड १९ परिक्षण गर्न अढाई घण्टा मात्रै लाग्छ, जबकी आयातित परिक्षण किटले ६ दखि ७ घण्टाको समय लिन्छ ।’ माईल्याबकी अनुसन्धान तथा विकास प्रमुख भाईरोलोजिष्ट मिनल दखावे भोस्लेले भनिन् । भोस्लेलृ कोरोना संक्रमणको परिक्षण गर्ने किट पाथो डिटेक्टको डिजाईन गर्ने समुहलाई नेतृत्व गरेकी थिईन् । उनले भनिन, ‘यस्तो किट तयार गर्न ३ देखि ४ महिना लाग्छ । तर, हामीले यसलाई ६ हप्तामा नै बनाउन सफल भएका छौं । अहिलेसम्म रेकर्ड गरिएकोभन्दा कम समयमा यसलाई तयार ग¥यौं ।’
कोभिड १९ को परिक्षण किटको डिजाईनको नेतृत्व गरेकी उनी आफैं पनि ‘डेटलाईन’मा थिईन । गर्भावस्थाको समयमा उनले गएको फेवरुअरीमा मात्रै यो प्रोजेक्टमा काम गर्न सुरु गरेकी थिईन । मिनलले भनिन्,‘यो आपतकालिन समय थियो । त्यसैले मैले चुनौती लिएरै आफ्नो देशको सेवा गर्न चाहें ।’ मिनलका अनुसार १० जना वैज्ञानिकको समुहले यो प्रोजेक्टलाई सफल बनाउनमा मेहनत गरेका छन् ।
आफ्नी छोरीलाई जन्म दिनुभन्दा ठिक एक दिन अगाडी मात्रै उनले परिक्षण किट तयार गरेर भारतको नेशनल ईस्टीच्युट अफ भाईरोलोजी (एनआईवी)लाई सुम्पिएकी थिईन् । सोहि दिन साँझ, अर्थात अस्तपाल जानुभँदा अगाडी उनले परिक्षण किटको व्यवसायिक अनुमतिको लागि फुड एण्ड ड्रग्स कंट्रोल अथोरिटी (सीडिएससीओ)लाई प्रस्ताव गरेकी थिईन् ।‘हामीसाग निकै कम समय थियो, हाम्रो ईज्जतको पनि कुरा थियो । तर, सबै कुरा पहिलो प्रयासमा नै ठिक हुँदै गयो । हाम्रो नेतृत्व मिनलले गरिरहेकी थिईन् ।’ माईल्याबका चिकित्सा मामिलाका निर्देशक डा. गौतम वानखेडेले भने ।
परिक्षण किटको अनुमतिको लागि पठाउनु अगाडी यसलाई फरक फरक मापदण्ड अनुसार पटक पटक जाँचिएको थियो । परिक्षण पछिको परिणाम सहि निस्कियोस भनेर यसको पटक पटक रि–चेक गरिएको थियो । मीनल भोस्ले भन्छिन्, ‘यदि तपाई कसैको कोभिड १९ स्याम्पलको १० टेष्ट गर्न चाहनुहुन्छ भने सबै टेष्टको नतिजा एउटै हुनुपर्छ । यहि कुरामा हामीले सफलता हासिल गरेका छौं, त्यसले हाम्रो किट पर्फेक्ट छ ।’
भारत सरकार अन्तर्गतको ईन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर) ले माईल्याबको यो परिक्षण किटलाई उपयुक्त भएको बताएको छ । नेशनल ईस्टीच्युट अफ भाईरोलोजी (एनआईवी) ईन्डियन काउन्सिल फर मेडिकल रिसर्चको अंगको रुपमा काम गर्छ । आईसीएमआरका अनुसार, ‘माईल्याब भारतको त्यस्तो एउटा मात्रै कम्पनी हो जसले तयार गरेको परिक्षण किटमा सत्प्रतिसत सहि नजिता निस्किन्छ ।’
परिक्षणमा कमिसँगै भारतलाई चुनौती
भारतमा कोरोना भाईरसको संक्रमणको परिक्षण निकै कम भएको छ । सुरुवातमा भारतमा केवल ती मानिसको परिक्षण भईरहेको थियो, जो संक्रमणको उच्च जोखिम भएको देशबाट आएका हुन्थे, र पछि संक्रमित बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मिको सम्पर्कमा आएका हुन्थे । तर, सरकारले पछि उनीहरुसँगै स्वासप्रस्वाससम्बन्धि समस्या देखिएर अस्पताल भर्ना भएका मानिसको पनि परिक्षण हुने बताएको थियो । विश्वभर संक्रमणको दायरा हरेक दिन बढ्दै जाँदा भारतमा अझैं संक्रमितको संख्या बढ्नेमा आशंका देखिए विश्लेषकहरुले भारतको नाम मात्रको स्वास्थ्य सुविधालाई आलोचना गर्दै तत्काल परिक्षणको संख्या बढाउन सुझाएका दिए ।
परिक्षणको विषयलाई लिएर भारतमा पछिल्ला समयमा थुप्रै आलोचना उठेका थिए । भारतकी पूर्व स्वास्थ्य सचिव सुजाता रावका भन्छिन्, ‘दक्षिण कोरिया जस्तो सानो देशमा कोरोना भाईरसको परिक्षणका लागि ६५० वटा ल्याब छन । तर, हाम्रोमा कति वटा ?’
भारतमा ११८ वटा सरकारी ल्याबमा कोरोना भाईरसको संक्रमणको परिक्षण हुने व्यवस्था गरिएको छ । सरकारी अधिकारिका अनुसार ५० वटा निजि ल्याबमा पनि चाडैं नै संक्रमणको परिक्षण गर्ने अनुमति दिईने छ । तर, १.३ अरब मानिसको जनसंख्याको लागि यो पर्याप्त छैन । यस बारेमा सुजाता भन्छिन, ‘भारतमा यस्ता ल्याबको संख्या बढाउन आवश्यक छ । त्यसपछि त्यहाँ परिक्षण किट पु¥याउनु पर्छ । प्रविधिकलाई प्रशिक्षण दिनुपर्छ । यो सबै व्यवस्था गर्दा समय लाग्न सक्छ ।’
कोरोना भार्यरसको परक्षिणको दायरा फराकिलो हुने स्थितिमा छ । परक्षिण पछि यदि संक्रमितको संख्या बढ्दै गयो भने उनीहरुलाई अस्पतालमा राख्न चुनौतीसँगसँगै समस्या हुने देखिन्छ । सुजाता भन्छिन, ‘देशको स्वास्थ्य सुविधाको स्तरको बारेमा तपाईंलाई के थाहा छ? जति सुविधा छन्, सबै शहरी क्षेत्रमा छन् । ग्रमिण ईलाकामा त सामान्य सुविधाको पनि अभाव छ । अबको परस्थिति सरकारलाई अर्को ठूलो चुनौतीको रुपमा प्रमाणित हुनेछ ।’
बिबिसिमा छापिएको सामग्रीको भावानुवाद