१९ असार, काठमाडौंः
नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले थप एक जनाको मृत्यु भएको बताएका हुन् । मन्त्रालयका अनुसार मृत्यु हुने व्यक्ति बानेश्वरका रहेका छन् । उनी छाती दुखेको कारण अस्पताल भर्ना भएका थिए । उपचारको क्रममा उनको मृत्यु भएको छ ।
योसँगै नेपालमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
त्यस्तै, नेपालमा हालसम्म १५ हजार २ सय ६९ कोरोना संक्रमित फेला परेका छन् । हालसम्म निको हुनेको संख्या भने ६ हजार १ सय ४३ रहेको छ ।