१९ असार, काठमाडौंः
वैदेशिक रोजगारीका लागि विभिन्न देश गएर मृत भएका नेपालहीहरुको शव लकडाउनको समयमा नेपाल ल्याईएको छ । अलपत्र परेका १ सय १५ शवलाइ नेपाल ल्याईएको हो । विभिन्न देशमा अवस्थामा रहेका ११५ शव स्वदेश ल्याइएको हो।
शुक्रबारसम्म विदेशमा ज्यान गुमाएका ११५ जना युवाको शव स्वदेश ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ । नेपाल ल्याईएका शवहरुमा मलेसियाबाट ३५, साउदीबाट ३२, कतारबाट ३०, युएईबाट ७, कुवेतबाट ७, बहराइनबाट ३ र ओमानबाट १ वटा रहेका छन् । विदेशबाट ल्याइएका शव मृतकका परिवारलाई बुझाएको बोर्डले जनाएको छ।
त्यस्तै, वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १०५ शव अझै व्यवस्थापन गर्न बाँकी रहेको छ । बाँकी रहेका शवहरुमा मलेसियामा १९, साउदीमा ५२, कतारमा ७, युएईमा १३, कुवेतमा ५, बहराइनमा २ र अन्य विभिन्न मुलुकमा ७ गरी १०५ रहेका छन् ।