१९ असार, काठमाडौंः
विश्वव्यापी रुपमा आलोचना भएपछि चर्चित क्रिम ‘फेयर एन्ड लभ्ली’ले आफ्नो नाम फेरेको छ ।
यस कम्पनीले आफ्नो उत्पादनको नाम फेयर एण्ड लब्लीबाट परिवर्तन गरेर ‘ग्लो एण्ड’ लब्ली राखेको छ । आज बिहिबार युनिलिभर कम्पनीले आफ्ना उत्पादनबाट फेयर नाम हटाएर ग्लो नाम राखेको हो । कम्पनीले आफ्ना क्रिमबाट फेयरनेस, ह्वाईटनिङ जस्ता शब्दहरू हटाएर ग्लो शब्द प्रयोग गरेको छ ।
त्यस्तै, कम्पनीको पुरुषका लागि रहेको उत्पादनको नाम पनि ‘ग्लो एण्ड ह्याडसम’ राखेको छ ।
पछिल्लो समयमा अमेरिकामा मृत्यु भएका अश्वेत जातीका जर्ज फ्लोयडसँगै विश्वभर चलेको ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानका कारण आफ्नो उत्पादनको नामबाट फेयर शब्दसँगै अन्य विभेदपूर्ण शब्द हटाउन बाध्य भएको हो ।