१९ असार, काठमाडौंः
नेपालको छिमेकी देश भारतले कोरोना भाइरसको भ्याक्सिन तयार गरेको छ । त्यस्तै, आगामी अगष्ट १५ मा यो भ्याक्सिनलाई लञ्च समेत गर्ने बताइएको छ ।
भारतको पुरानो सञ्चारगृह नवभारत टायम्सका अनुसार भारतले आगामी अगष्ट १५ को दिनमा भ्याक्सिन लञ्च गर्ने छ । उक्त दिन भारतमा स्वतन्त्रता दिवस मनाउने र सोहि दिन आफूलाइ कोरोना मुक्त घोषणा गर्ने तयारी गरिरहेको छ ।
इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले हैदरवादस्थित भारत बायोटेक इन्टरनेसनल लिमिटेड (बीबीआईएल)सँग मिलेर यो भ्याक्सिन निर्माण गरेको हो । उक्त भ्याक्सिनलाई ‘बीबीभी१५२’ नाम दिईएको छ ।