१८ असार, काठमाडौ
सरकारले विदेशबाट आउनेहरूलाई होम क्वारेन्टाइनमा बस्न दिने भएको छ ।
हवाई मार्ग वा स्थलमार्गबाट आउने व्यक्तिले घरमै क्वारेन्टाइन सरहको सुवधि भएको जानकारी गराएर होम क्वारेन्टाइनमा बस्न सक्ने जनाकारी सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दिए ।
हवाई मार्ग वा स्थलमार्गबाट आउने व्यक्तिले आफ्नो घरमा क्वारेन्टाइन सरहको सुविधा रहेको व्यहोरासहित होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेमा स्थानीय प्रहरी र वडा कार्यालको सिफारिसका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोके बमोजिमको मापदण्ड पालना गर्ने गरी डिस्ट्रिक सिसिएमसीले होम क्वारेन्टाइनमा अनुमति दिन सक्ने छ।