१८ असार, काठमाडौंः
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।
बिहिबार गण्डकी प्रदेशको स्वास्थ्य निदेशनालयले उक सचना जारी गर्दै थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको हो । निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा भएको परीक्षणमा बिहिबार थप १७ जनाको कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
निर्देशनालयलका अनुसार संक्रमण पुष्टि भएकाहरु मध्ये १७ लमजु«ङका रहेका छन् भने बाँकी एक जना पोखरा महानगरपालिकाका ३३ वर्षिय पुरुष रहेका छन् । आज थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमितको संखया १ हजार ३१ पुगेको छ ।