१८ असार, काठमाडौंः
पार्टीभित्रबाट लगातार आलोचना भईरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
ओलीले आज बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह १२ बजेका लागि बैठक बोलाएका हुन् । आजै बालुवाटारमा नेकपाको स्थायी कमिटिको वैठक पनि बस्दै छ ।
गत बुधबारबाट नियमित बसिरहेको वैठकमा नेकपाका स्थायी कमिटिका सदस्यहरुले केपी ओलीलाई प्रधानमन्त्री तथा पार्टि अध्यष दुवै पदबाट राजीनामाको माग गरेका थिए । स्थायी कमिटीका अधिकांश सदस्यहरूले उनको राजीनामा माग गर्दैै उनको चर्को आलोचना गरिरहेका छन् ।
यसै बिच उनले छलफलका लागि मन्त्री परिषद्को वैठक डाकेका छन् ।