१७ असार, काठमाडौंः
काठमाडौंका विभिन्न तीन अस्पतालमा शूल्क तिरेर कोरोना परिक्षण गराउनेको संख्या तीन सयभन्दा धेरै भएको छ ।
गत असार १७ गते मन्त्रालयले स्वेच्छाले परीक्षण गर्न चाहनेलाई शुल्क तिरेर परीक्षण गराउन सक्ने निर्णय गरेको थियो। त्यसयता यी तीनटा अस्पतालबाट शुल्क लिएर परीक्षण हुँदै आएको छ। सोही क्रममा काठमाडौंका विर अस्पताल, टिचिङ अस्पताल तथा पाटन अस्पतालमा तीन सयभन्दा धेरै जनाको कोरोना परिक्षण भएको छ । उनीहरुले पैसा तिरेर कोरोना परिक्षण गराएका हुन् ।
आफ्नो इच्छाले कोरोना परिक्षण गर्दा स्वास्थ्य मन्त्रालयले तोकेको शूल्क ५ हजार ५ सय लाग्ने गरेको छ । हालसम्म यी तीन वटा अस्पतालमा गरि कुल तीन सयभन्दा बढि मानिसले पिसिआर विधिबाट कोरोना परिक्षण गराएका छन् ।